बैशाख १३, २०८१, बिहीबार
               

'यसकारण नेपालमा मृत्यु संख्या कम छ'

नेपाल फ्ल्यास
असार ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको रोग प्रतिरोध क्षमता राम्रो भएकै कारण नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कम भएको बताएका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले नेपालमा उपचार विधि तथा रोग प्रतिरोधात्मक क्षमता राम्रो भएकै कारण मृत्यु हुनेको संख्या कम भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अहिलेसम्म २० जनाको मृत्यु भएको जानकारी दिँदै उनीहरुमध्ये अधिकांशको कोरोनाका कारण मृत्यु नभएको दाबी गरे ।

अरु कारणले मृत्यु भएकाहरुमा पनि संक्रमण देखिएपछि मृत्यु मान्नुपर्ने डब्लुचओको मापदण्डकाका कारण मा मृत्यु मान्नु परेको उनले बताए । उनले भने, ‘कोरोनाका कारण मृत्यु भएको यति होइन, भन्नु परेको मात्र हो ।’

नेपालमा २० जनाको मृत्यु पनि अन्य देशको भन्दा निकै कम भएको प्रधानमन्त्री ओलीले बताए ।


कस्तो लाग्यो ?

यो पनि