चैत १६, २०८०, शुक्रबार
               

रुकुम(पश्चिम)–जाजरकोट घटना प्रकरण छानबिनका लागि म्याद थप

नेपाल फ्ल्यास
जेठ ३२, २०७७

ADVERTISEMENT

काठमाडाैं । रुकुम(पश्चिम)–जाजरकोट घटना प्रकरण छानबिनका लागि गठन गरिएको समितिको म्याद थप गरिएको छ । 

आइतबार सो समितिको म्याद थप गरिएको हो । 

सो समितिको संयोजकत्व सहसचिव जितेन्द्र बस्नेत संयोजकत्वको पाँच सदस्यीय छानबिन गठन भएको छ । 

समितिले स्थलगत अध्ययन, छानबिन र विश्लेषण सकिसकेको बताइएको छ ।थप भएको समयमा प्रतिवेदन लेखनको कार्य हुने बताइएको छ । 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले घटनाको छानविनका लागि सो समितिको गठन गरेका थिए । 

जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर–८ की मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिका वडाका वर्षीय नवराज विक अन्य १९ जनाको समूह लिएर चौरजाहारी गएका थिए । 

सो क्रममा केटा पक्ष र केटीपक्षबीच झडप भएको थियो । झडपमा नवराज, टीकाराम सुनार, गणेश बुढालगायतको निधन भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि