बैशाख ०८, २०८१, शनिबार
               

सोलुखुम्बुमा फरक फरक घटनाबाट २ जनाकाे ज्यान गयो

नेपाल फ्ल्यास
जेठ ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ४ मा आफ्नै बुबाकाे हत्या गरेकाे अभियोगमा १९ वर्षीय कुवेर राईलाई प्रहरीले प्रक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार विहीबार राती घरायसी विवाद हुँदा आगो फुक्ने ढुङ्ग्राले प्रहार गरि कुबेरले ५७ वर्षीय बाबु सन्त कुमार राईको हत्या गरेकाे हाे ।  घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै  सोलुदुधकुण्ड नगरपालिका ८ सिकारी डाँडामा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । विराटनगरबाट सोलुखुम्बु आउँदै गरेको ना २ ख ८८४३ नम्बरको ट्रक शुक्रबार अपरान्ह दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय साेलुखुम्बुले जनाएकाे छ । 

उदपयुरको कटारी नगरपालिका ११ बासबारीका अन्दाजी २९ वर्षीय गोपाल परियारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि