बैशाख १४, २०८१, शुक्रबार
               

हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

नेपाल फ्ल्यास
जेठ २९, २०७७

ADVERTISEMENT

डडेल्धुरा । गन्यापधुरा गाउँपालिका–२ मा ७३ वर्षीया वृद्धको  हत्या आरोपमा नाति पक्राउ परेका छन् । सो गाउँपालिकाको कुँवरगाउँ बस्ने २४ वर्षीय रोशनराज गिरीले आफ्नै हजुरआमा  राधादेवी गिरीलाई धान कुट्ने काठले बुधबार राति टाउकोमा  हिर्काएका थिए । 

घाइते वृद्धलाई उपचार क्रममा अस्पताल लैजादा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

रोशनलाई अमरगढी नगरपालिका–११ फिन्नेकोटस्थित लिटिरगाउँको जङ्गलबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। 


कस्तो लाग्यो ?

यो पनि