बैशाख ०७, २०८१, शुक्रबार
               

ओलीले दिए थापालाई जवाफ : अहिले पैसाको चिन्ता गर्ने बेला होइन

नेपाल फ्ल्यास
जेठ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीका बेला पैसाको चिन्ता गर्न नहुने बताएका छन् । 

प्रतिनिधिसभामा प्रतिपक्षी दल नेपाली कांग्रेका सांसद् गगनकुमार थापालगायत नेताले कोरोनाको नाममा भएको खर्चको हिसाब किताब बाहिर ल्याउनुपर्ने कुरालाई लक्षित गर्दै ओलीले संसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।

उनले भने, ‘अहिले सबैको चिन्ता र चिन्तन कोरोनामा केन्द्रित गर्ने बेला पैसाको कुरा गर्ने होइन ।’

यद्यपि प्रधानमन्त्री ओलीले बुधबार संसदमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न भएको खर्चमा अनियमितता गरेको पाइएमा कारबाही गर्ने बताएका छन् । 

‘सरकारका हरहिसाबको प्रतिवेदन राष्ट्रपति र संसद्मा आउँछ । आन्तरिक लेखा परीक्षण हुन्छ। अहिले हिसाबको चिन्ता नगरौं, कोरोनाको चिन्ता गरौं’ प्रधानमन्त्री ओलीले भने, ‘कहीँकतै अनियमितता भएकै हुँदैन भनेर दाबी गर्दिन तर भएकै छ भनेर पनि भन्दिनँ।’

नेपाली कांग्रेसका सांसद गगनकुमार थापालगायत सांसदहरुले कोरोना रोकथामका नाममा भएको १० अर्ब खर्चको एक एक गरेर हिसाब बुझाउनु पर्ने भन्दै सरकारको आलोचना गरेपछि प्रधानमन्त्री ओलीले कोरोनाका नाममा भएको खर्चमा अनियमितता पाइए कडा कारबाही गर्ने बताएका छन् ।

‘कुनै पनि अनियमितता, अपारदर्शिता, भ्रष्टाचारजस्ता कुरा सरकारले सहँदैन। छानबिन गर्छ, कारबाही गर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘कठघरामा उभ्याइन्छ । दोषी पाइएमा दण्डित गरिन्छ ।’

यो पनि