चैत १६, २०८०, शुक्रबार
               

धनुषामा गोली हानेर युवकको हत्या

नेपाल फ्ल्यास
जेठ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । मध्यराति धनुषामा गोली हानेर एक युवकको हत्या भएको छ ।  घरमै रहेका वेला बोलाएर दुई सय मिटर पर पुगेपछि गोली हानेर २५ वर्षीय अरुण मण्डलको हत्या गरेको धनुषा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त घटना सबैला नगरपालिका–७ मा भएको जनाइएको छ । चिनजानकै व्यक्तिले बोलाएपछि उनी घरबाट निस्किएका थिए । व्यक्तिगत रिसिइबीका कारण घटना भएको हुनसक्ने आशंका गरिएको प्रहरीको भनाइ छ । यसबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि