बैशाख १३, २०८१, बिहीबार
               

छुटेको कुकुरको उद्धार गर्न १५ लाख खर्च गरेर विमान चार्टर्ड !

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

सुन्दा निकै अचम्म लाग्ने घटना भारतमा घटेको छ । कोरोना भाइरसको महामारीका बेला लकडाउनका कारण मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा जान पाएका छैनन् ।

विभिन्न देशमा अलपत्र आफ्ना नागरिकको विश्वका विभिन्न मुलुकले उद्दारको पहल जारी राखेका छन् ।

अलपत्र नागरिकको उद्दार हुन नसकिरहेको समयमा एउटा कुकुरको उद्धारका लागि विमान चार्टर गरिएको समाचार सामाजिक सञ्जालमा भाइरल भएको छ ।

मालिकबाट टाढिएको कुकुरलाई आफ्नो घर लिएर जानको लागि मालिकले १५ लाख ९ हजार रुपैयाँ खर्च गरेका छन् ।

मुम्बईकी एक महिलाले दिल्लीमा कारणवश छुटेको आफ्नो कुकुरलाई लिएर जान यति धेरै खर्च गरेकी हुन् ।

उनले स्पेशल ६ सिटर प्राईभेट जेट बुक गरेकी छन् । उनको नाम दिपीका सिंह रहेको छ । उनी मुम्बईमा बस्दै आएकी छन् ।


कस्तो लाग्यो ?

यो पनि