बैशाख ०५, २०८१, बुधबार
               

बैंक लुटेपछि लुटेराले बाटैभरि पैसा छर्दै हिँडे, अनि रित्तै कफीसप गए

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

पश्चिमि अमेरिकी राज्य कोलोराडोमा सेतो दाह्री पालेको एक मानिसले लुटेको लगभग ११ लाख ३० हजार रुपैयाँ हावामा छरेको त्यहाँका स्थानिय, प्रहरी र संचारकर्मीहरुले बताएका छन् ।

डेभिड वाइन वोलिभर नाम गरेका ६५ वर्षका चोर लाई नजिकैको स्टारबक्स कफि शपबाट प्रहरीले सोमबार पक्राउ गरेको थियो ।शंकासपद हतियारको साथ बैंक पुगेका डेभिडले पैसा चोरेर भागेको कोलेराडो प्रहरीले बताएको छ ।

प्रत्यक्षदर्शी डायन पास्कलले स्थानीय टेलिभिजन केकेटिभी मा जानकारी दिदैं भने लुटेराले पैसा बाटै भरि छरेर हिँड्यो । पास्कलका अनुसार नजिकका मानिसले पैसा टिपे र लगेर बैंकमा पुर्‍याइदिए । त्यसपछि ओलिभर स्टारबक्समा चिया खान पसे । त्यहीँ प्रहरीले उनलाई पक्राउ गर्‍यो ।

स्थानिय दैनिकी ‘डेनिभर पोष्ट’ मा प्रहरीले हजारौं डलर फ्याकेका ओलिभरमा हतियार बोकेको नपाएको उल्लेख गरेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि