चैत १६, २०८०, शुक्रबार
               

मन्त्रिपरिषद् बैठक सम्पन्न

नेपाल फ्ल्यास
जेठ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठक सम्पन्न भएकाे छ । बैठकमा लकडाउनको मोडालिटीबारे छलफल भएको छ। 

बैठकले लकडाउन खुकुलो पार्ने मोडालिटी दुई दिनभित्र पेश गर्न कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई जिम्मा दिएको छ ।

समितिले ल्याएको कार्ययोजनापछि मन्त्रिपरिषदको फेरि बस्ने बैठकले लकडाउनको मोडालिटी तय गर्ने एक मन्त्रीले जानकारी दिए । लामो समयसम्म लकडाउन रहिरहँदा अवज्ञा र विरोध हुन थालेको छ ।

यसअघि उच्चस्तरीय समन्वय समितिले स्वास्थ्य विज्ञहरुसँग जनजीवन सहज बनाउनेगरी लकडाउन खोल्ने सम्वन्धमा छलफल गरेको थियो। विज्ञहरुले आवश्यक मापदण्ड तथा सतर्कता अपनाउँदै जोखिम कम भएका क्षेत्रमा लकडाउन खोल्न सकिने सुझाव दिएका छन्।

सरकारले चैत ११ गते एक साताका लागि सुरु गरेको लकडाउन थप गर्दै ७० दिन भन्दा बढी पुर्‍याइसकेको छ ।

यो पनि