बैशाख १३, २०८१, बिहीबार
               

कोभिड–१९ : मानव स्वास्थ्यमा गम्भीर खेलवाड र सन्दिग्ध व्यापारको पर्दाफास

ADVERTISEMENT

विश्वभर कोरोनाको नाममा डरको खेती व्याप्त छ । त्रास स्थापित गर्न र भयावह देखाउने प्रयास जारी छ । बलजफ्ती संक्रमित र मृतक संख्यालाई ६ महिनादेखि बढाइचढाइ गरिएको छ । यस्तो अथक प्रयास हुँदाहुँदै पनि कोरोना भाइरसबाट एकजना पनि नमरेको खुलासा भइसकेको छ । कोरोनाको नाममा भएको लकडाउन आतंक, सन्त्रास र घरमै कैद हुनु परेपछि हाम्रो मनोदशा त भगवानको खेलो पो हो कि भन्ने भान पनि हुन सक्दछ । मानिसको तर्क एवं वैज्ञानिक तथ्यले जब काम गर्न छोड्छ तब भगवान् भरोसाको अभिव्यक्ति दिन सुरु हुने गर्छ । तर, यो स्तरको आतंक मानवद्वारा नै मानिसका लागि गरिएको षड्यन्त्र भएको यथार्थ हो । र, यो बारम्बार प्रमाणित पनि भइसकेको छ । धेरै डाक्टर, वैज्ञानिक, अनुसन्धानकर्ताहरूले सप्रमाण कोरोनाको झुटको खेती आपराधिक क्रियाकलाप हो भनेर प्रमाणित गरिसकेको परिस्थितिमाझ हामीले वैज्ञानिक तथ्य एवं तर्कसंगत कुरालाई आफ्नो बुझाइको आधार बनाउनुपर्ने हुन्छ ।

विश्व बैंकले जहाँ कोरोना भाइरसको असर धेरै हुन्छ, त्यहाँ हामी धेरै नै सहयोग गर्छौँ भनेपछि कर्मचारीतन्त्र, राज्य सरकारको सहभागितामा प्रत्येक राष्ट्रले आफ्नो देशमा रफ्तारका साथमा परीक्षण गराउने र बढाइचढाइ गरेर पैसाका निमित्त केशहरूको तथ्याङ्क दिने होडबाजी चल्न थाल्यो ।

यो प्रकरणमा डब्लुएचओको संलग्नता प्रमाणित भइसकेपछि बिल गेट्सको सन्दिग्ध भूमिकाबारे दावाका साथ तथ्यहरू पाइएका छन् । कोरोना भाइरसको नाममा अफवाह फैलाएर मानिसहरू मार्ने खेलमा डब्लुएचओको पछाडि बिल गेट्स, मिलिन्डा फाउन्डेसन, बिग फर्मा, अमेरिकाको चिफ मेडिकल अफिसर डा. एन्थोनी फुची आदि छन् भन्ने छ । युकेका डा. मोहम्मद इकवालका अनुसार, कोरोना मौसममा प्राय: मानिसमा यो परीक्षण गरियो भने अर्बौँ मानिसमा संक्रमण देखिन सक्छ । किड्नी, निमोनिया, क्यान्सर, ज्वरो आएर मरेका सबैलाई कोरोनाको लेबल लगाइन्छ । यो मौसमी फ्लू भएकाले जताततै यसलाई पाउनु स्वाभाविकै हो । त्यसमा पनि व्यापक टेस्ट गर्ने होडबाजीले त झनै कोरोना देखिने भइहाल्यो ।

आइएमएफले ११ मार्च २०२० मा स्टेटमेन्ट दिएपछि अचानक संक्रमित संख्या आकासिन थाल्यो । आखिर के थियो त्यो स्टेटमेन्टमा ? यसका लागि तल उल्लेखित ६ महिने श्रृंखलाबद्ध षड्यन्त्रमूलक क्रियाकलापलाई विवेचना गर्नुपर्ने हुन्छ ।

१. ११ मार्च २०२०सम्म चीनमा ८०–८२ हजार कोरोना संक्रमित हुँदा पुरा विश्वमा ८–१० हजार मात्र थिए । तर त्यसको लगत्तै, आइएमएफ र विश्व बैंकको स्टेटमेन्टको २ हप्तामा ३ लाख पुग्यो, जबकि ११ मार्चसम्म ९० हजार जति मात्र थियो ।

२. विश्व बैंकले जहाँ कोरोना भाइरसको असर धेरै हुन्छ, त्यहाँ हामी धेरै नै सहयोग गर्छौँ भनेपछि कर्मचारीतन्त्र, राज्य सरकारको सहभागितामा प्रत्येक राष्ट्रले आफ्नो देशमा रफ्तारका साथमा परीक्षण गराउने र बढाइचढाइ गरेर पैसाका निमित्त केशहरूको तथ्याङ्क दिने होडबाजी चल्न थाल्यो ।

३. नेपालको सन्दर्भमा एसइई (एसएलसी) परीक्षा अधिक सार्वजनिक चासोको विषय हो । यस वर्ष यसको सम्पूर्ण तयारी पूरा भएको थियो । विद्यार्थीहरूले केन्द्रमा डेरा लिसकेका थिए ।प्रश्नपत्र सम्पूर्ण परीक्षा केन्द्रमा पुर्‍याइसकिएको थियो । तर परीक्षा सुरु हुनुभन्दा करिव १२ घण्टा अगाडि स्थगित गरी 'ग्रीनजोन' नेपाललाई हठात 'रेडजोन' बनाइयो । विश्व बैंकको परिपत्र र डब्लुएचओको प्रोटोकल सार्वजनिक भएपछि एकाएक परीक्षा रोक्ने कदम तथा नेपाल सरकारलाई कोभिड–१९ रोकथाम परियोजनाअन्तर्गत ऋण प्रदान गर्ने सहमतिले कोभिड १९  आर्थिक चलखेल र विश्वव्यापी षड्यन्त्र हो भन्ने प्रमाणित भएको छ ।

४. अमेरिकाको नयाँ निर्देशानुसार अस्पतालमा स्वास्थ्य परीक्षण गरेबापत प्रतिबिरामी ४ हजार डलर दिइन्छ । त्यसमध्ये कसैलाई कोरोना लागेको घोषित गरेबापत प्रति संक्रमित १३ हजार डलर दिने र कुनै संक्रमितलाई भेन्टिलेटरसम्म पुर्‍याए २९ हजार डलर पुरस्कार दिने भनिएकोले पनि त्यहाँ यसले तीव्रता पाएको हो ।

५. डाक्टरका अनुसार मौसमी रुघाखोकी भएकालाई भेन्टिलेटरमा पुर्‍याएपछि मानिस फर्केर आउने सम्भावना एकदमै न्यून हुन्छ । निमोनिया, फोक्सोको समस्याबाट ग्रसित व्यक्तिलाई भेन्टिलेटरमा पुर्‍याउनु भनेको मृत्युपथमा हिडाउनु हो । सामान्य मानिस पनि भेन्टिलेटरमा पुगिसकेपछि असामान्य अवस्थामा पुग्न सक्छ । भेन्टिलेटरमा यति धेरै प्रेसर हुन्छ कि जसले फोक्सो नै खतम पारी दिन्छ । अमेरिकाको अस्पतालमा कोरोनाको बिरामीलाई जबरजस्ती भेन्टिलेटरमा हालेर मार्ने काम भइरहेको खतरनाक खेल देखेर त्यहाँको एक अस्पतालका डाक्टरले त्यस अस्पतालमा काम नगर्नेसम्मको मन्तव्य प्रकट गरेको भिडियो सार्वजनिक भएको छ । डब्लुएचओले कोभिड–१९ सँग लड्न भेन्टिलेटर जस्तो ज्यानमारा उपकरणको सिफारिस गरेको छ । तर, भेन्टिलेटरमा र औषधि उपकरणले ठीक हुने भए विश्वका सबैभन्दा सुविधा सम्पन्न मुलुक अमेरिका, बेलायत, स्पेन, इटाली, फ्रान्स र जर्मनीमा किन सबैभन्दा बढी मृत्यु हुन्थ्यो होला !

६. डब्लुएचओको पछाडि बिल गेट्सको लगानीमा संलग्नता धेरै अगाडिबाट देखिन्छ । भ्याक्सिनलाई डब्लुएचओको माध्यमबाट विश्वभर प्रयोगमा ल्याउनु नै पर्दापछाडिको चलखेल हो, जुन विषय बिरामीहरूको स्वास्थ्यसँग केही सरोकार छैन । जबरजस्ती डाइग्नोसिस गरेर बिरामी घोषणा गर्ने प्रवृत्ति पनि यसैसँग सम्बन्धित छ । किनभने डब्लुएचओको संसारभर नेटवर्क छदै छ । कोभिड–१९ पछिको वास्तविक रहस्य सबैलाई भ्याक्सिनलगायत औषधिको अत्यधिक प्रयोग गराएर विश्व जनसंख्या नियन्त्रण गर्दै मानिसलाई रोबोट जस्तो बनाउनु हो । मानिसलाई आफ्नो कब्जामा राख्ने र सम्पूर्ण अर्थतन्त्रमा नियन्त्रण जमाउने यो एक 'मास्टरप्लान' नै हो ।

माइक्रोसफ्टको सहयोगले मानिसको शरीरमा फाइबजी फिट गर्ने सपनामा बिल गेट्सको कुटिल मनोदशाबाट निर्देशित छन् । मानिसको शरीरभित्र फाइबजी चिप्स छिराउन कोरोना भ्याक्सिनको प्रयोग गरिनेवाला छ । भ्याक्सिनद्वारा धेरै माइक्रोचिप्सहरू सजिलै शरीरमा फिट गर्न सकिन्छ । माइक्रोचिप्सले बच्चा जन्माउन बन्द गराउनुको साथै अनेक रोगहरू पैदा गर्ने काम गर्दछ ।

तल उल्लेखित कम्पनीहरूमा च्यारिटी रकमका नाममा गेट्स फाउन्डेसनमार्फत ठूलो लगानी गरेको प्रष्ट भइसकेको छ । यसरी कररहित लगानी गरेर लगानीकर्ता भई धेरै नै आर्जन गरिरहेका छन् ।

Corporate recipient of Gates foundations Charity Amount (in US dollars)
Nova Van Inc 89,083,312.00
Glaxosmithkline Biologicals 65,358,119.00
Evotec & Trust Biotherapeautics 62,562,326.00
Biological E. Limited 60,733,478.00
LG Chem Ltd 52,902,243.00
Dimagi Inc 42,973,201.00
Inventprise 40,877,114.00
Bharat Biotech International ltd 38,450,062.00
Janssen Vaccines & Prevention BV 37,230,604.00
AJ Vaccines As 34,717,074.00

(द बिल गेट्स मेलिन्डा फाउन्डेसन ले ९ वटा ठूला फर्मास्युटिकल कम्पनीको शेयर किनिसकेको अवस्था छ । जसको बजार मूल्य करिब २०५ मिलियन डलर अर्थात् नेपाली रुपैयाँ २४ अर्ब ७० करोड रहेको छ)

 

७. वैकल्पिक नोबेल पुरस्कार विजेता भारतीय वैज्ञानिक डा. वन्दना शिवाले पनि बिल गेट्सलाई यो धर्तीलाई नै समाप्त पार्ने ठूलो अपराधी हो भनेर गम्भीर आरोप लगाएकी छन् ।

८. माइक्रोसफ्टको सहयोगले मानिसको शरीरमा फाइबजी फिट गर्ने सपनामा बिल गेट्सको कुटिल मनोदशाबाट निर्देशित छन् । मानिसको शरीरभित्र फाइबजी चिप्स छिराउन कोरोना भ्याक्सिनको प्रयोग गरिनेवाला छ । भ्याक्सिनद्वारा धेरै माइक्रोचिप्सहरू सजिलै शरीरमा फिट गर्न सकिन्छ । माइक्रोचिप्सले बच्चा जन्माउन बन्द गराउनुको साथै अनेक रोगहरू पैदा गर्ने काम गर्दछ ।

९. सामाजिक दुरी, हात नमिलाउने भनेको चिप्स शरीरमा हुँदा सजिलै मानिसको बारेमा सबै सूचना मिलिराख्ने र भिडभाडमा भए सूचना लिन कठिनाइ हुने भएकोले फाइबजी मनसुवा सफल गर्ने पूर्वाधारहरू अहिलेबाटै तयार गर्न लागिएको हो । कोरोना संक्रमणको डर देखाएर लास नै नछुने, लासको अगाडि नै नजाने र मृतकको लासको पोस्टमार्टम गराउँदा फाइबजी रहस्य खुल्ने हुँदा अहिलेबाटै लासलाई कसैले पोस्टमार्टम नगराओस् ताकि शरीरमा भएको चिप्सको रहस्य नखुलोस् भनेर लासलाई पोस्टमार्टम नगराउने नजिर र संस्कार बसाल्दै पोस्टमार्टममा प्रतिबन्ध नै लगाउने परिबन्ध तयार पारिँदै छ । यसरी अब औषधि उपचार गर्ने स्वास्थ्य प्रणाली नै के कस्तो हुने भन्ने विषय डब्लुएचओ र कोर ग्रुपमा मात्र सीमित छ ।

१०. विश्वको कुनै पनि ठाउँमा भाइरसको संक्रमण देखिएपछि मिलिन्डा फाउन्डेसन सबैभन्दा पहिले नै त्यहाँ पुग्ने कारण पनि यही हो ।

११. अमेरिकन राजनीतिक परामर्शदाता, पहलकर्ता, लेखक, रोजर स्टोनले समेत कोरोना भाइरसको पछाडि बिल गेट्सको हात रहेको समाचार अप्रिल १३ को न्युयोर्क पोस्टमा प्रकाशित भइसकेको छ । बिल गेट्सले क–कसले कोरोना टेस्ट गर्‍यो गरेन भनेर थाहा पाउन मानिसहरूमा माइक्रोचिप्स फिट गर्ने योजना हुन सक्ने आरोप लगाएको त्यसमा उल्लेख गरिएको छ । त्यस्तै यो भाइरसको उत्पादन सार्ने काममा समेत बिल गेट्सको हात त छैन ? भनेर गम्भीर प्रश्न पनि उनले गरेका छन् । बिल गेट्स र अन्य ग्लोबलिस्टहरूले भ्याक्सिनेसन र माइक्रोचिप्सलाई अनिवार्य गरिएको छ वा छैन टेस्ट गरेपछि थाहा हुने भन्दै धेरै ठूलो हलचल मच्चिएको छ । जबकि बिल गेट्सले खुल्लमखुल्ला विश्व स्वास्थ्य विपत्तिको पक्षमा वकालत गर्दै आइरहेका छन् । जस्तै कोरोनाको केशमा देखिएको छ । बिल गेट्सले ७ भिन्न–भिन्न भ्याक्सिन माथि लगातार अनुसन्धान गराइरहेका छन् । अनि भ्याक्सिनको निर्क्योल हुनासाथ उत्पादनका लागि ७ वटा कारखाना तयारी अवस्थामा राखेर रफ्तारका साथ भ्याक्सिन उत्पादन सुरु गर्ने अठोटमा छन् ।

१२. यसबाट हुने आम्दानी एक जनामाथि १ लाख रुपैयाँमात्र खर्च आएमा पनि विश्वभरिका मानिसहरूमा यसको प्रयोग गरिने योजना छ । यसबाट हुने आर्थिक लाभबारे कल्पना नै गर्न सकिँदैन ।

१३. समग्र प्रक्रियामा कुनै एक मानिसको टेस्टमा पहिला पोजेटिभ देखायो र फेरि तुरुन्त नेगेटिभ । लगत्तै पोजेटिभ देखाएपछि भ्याक्सिन प्रयोग गरेर ठीक भएको देखाइ त्यही भ्याक्सिन विश्वभर बिक्री वितरण गराउने खेल हो । जसको रिहर्सल हाम्रो स्वास्थ्यमन्त्रीले पनि नेपालमा गर्दै छन् ।

१४. अमेरिकाका ६ सय जना फिजिसियन डाक्टरहरूले संयुक्त रूपमा राष्ट्रपति ट्रम्पलाई पत्र लेख्दै यो कोरोनाको नाममा जबरजस्ती लादिएका लकडाउनले मानव स्वास्थ्यमाथि बेहोर्न नसकिने क्षतिबारे उल्लेख गर्दै विरोध गरेको समाचार केही दिन अगाडि को फोब्स मिडियामा प्रकाशित छ ।

१५. २२ मे २०२० मा रिलिज गरिएको अध्ययनमा पत्ता लागेको छ कि हाइड्रोक्लोरोक्विनको प्रयोगले कोभिड–१९ को केशमा एकदमै खतरनाक छ । यसले मानिसको मृत्यु गर्दछ । राष्ट्रपति ट्रम्पले जबरजस्ती बारम्बार एन्टी मलेरिएन ड्रगले कोरोना संक्रमण निको गर्छ भन्दै सिफारिस गरेको भिडिओमा देखिन्छ । सिएनएन सुपरभाइजर एडिटर ज्येमी गमब्रेक्टको भनाइमा एक विस्तृत अध्ययनले हाइड्रोलोरोक्विन कोभिड– १९ को उपचारमा प्रयोग गर्दा मानिसको ज्यान जाने खतरा धेरै हुन्छ भनेको छ । साथै हर्ट एरिथ्मियाको जोखिम पनि त्यति नै बढी छ । सिकिस्त कोभिड–१९ का बिरामीहरूलाई हाइड्रक्लोरोक्विन, क्लोरोक्विनको प्रयोग गरेर बिरामीहरूलाई मृत्युको मुखतिर धकेलिरहेको र मुटु रोग पनि बढाइरहेको प्रतिष्ठित जर्नल द लेनसेटमा प्रकाशित भएको छ ।

गएको शुक्रबार एन्टी मलेरियन ड्रग, हाइड्रोक्लोरोक्विन, क्लोरोक्विन, एन्टी बायोटिक जस्ता औषधिहरूको प्रयोगले बिरामीहरूलाई मृत्युको मुखतिर धकेल्ने काम भइरहेको व्यापक रूपमा सार्वजनिक भइसकेको छ । कति प्रकाशनहरूको दाबी छ कि हाइड्रोक्लोरोक्विन ड्रग दशकौँदेखि चलिरहेको भएता पनि यसको प्रयोगलाई प्राथमिकता यही वसन्त ऋतुबाट ट्रम्पले आफ्नो कोभिड–१९को ब्रिफिङमा बारम्बार उल्लेख गरेका कारणले पनि भएको थियो । जबकि यसको प्रयोग स्वीकृत थिएन । तर ट्रम्पले अरू अमेरिकनलाई समेत यसको अपरिहार्यता दर्साएका थिए । भारतको गुहाटीमा पनि हाइड्रक्लोराक्विन सेवनका कारण हर्ट एटेक भएर एकजना डाक्टरको मृत्यु भएको इन्डिया टुडेमा प्रकाशित भएको छ ।

१६. डा. न्गोजी इजाइक, डिपार्टमेन्ट अफ पब्लिक हेल्थ, इल्लिनोइसको करिब एक महिनाअगाडि सार्वजनिक भइसकेको भिडिओमा 'बिरामी मर्नुभन्दा अगाडि कोभिड–१९ टेस्ट गरिन्छ र पोजेटिभ आएपछि उक्त बिरामी यथार्थमा कुनै अन्य रोगबाट सिकिस्त भई मरेकालाई पनि कोभिड–१९ को लेभल लगाउँदा मृतकको संख्या 'मेनुपुलेट' भएको छ । यथार्थमा प्रायजसो बिरामीको मृत्युको कारण अरुरोगबाट नै हुने गरेको छ ।

६–७ दिन अगाडि सार्वजनिक भएको भिडिओमा अमेरिकालगायत युरोपियन मुलुकहरूमा कोरोनाको नाममा प्रयोगमा ल्याइएका औषधि र भ्याक्सिनविरुद्ध प्लेकार्डसहित नागरिकहरूको व्यापक समर्थनमा सडक प्रदर्शन भइरहेको अवस्था छ । साथै यो कोरोना षड्यन्त्रको पछाडि पूर्णरुपमा बिल गेट्स रहेको भन्दै बिल गेट्सविरुद्ध पनि नाराबाजी व्यापकरुपमा भइरहेको पाइन्छ ।

१७. औँलामा गन्न सक्ने विश्वका केही व्यापारीले मात्र खर्बौ रुपैयाँ नाफा कमाएर विश्वलाई आतंकित गर्ने । विश्वभरि करोडौँ मानिस विभिन्न रोग, भोकमरी, कुपोषण, दुर्घटना र आत्महत्याले मर्ने तथा गर्भपतनले करोडौँ भ्रुण हत्या हुँदा मौन बस्ने सरकार कोभिडले ज्यान जान्छ भनेर लकडाउन गर्ने । विश्वभरिको जनताहरूलाई अनिवार्य भ्याक्सिन लगाउन करिब–करिब तय छ । स्कुल कलेज, सरकारी कामकाज, नागरिकता, लाइसेन्स, बैंक एकाउन्ट र पासपोर्ट विदेश यात्रालगायतको सेवा सुविधा लिन अनिवार्य भ्याक्सिन लगाएको प्रमाणपत्र देखाउनुपर्ने नियम लागू गर्ने प्रबल सम्भावना छ । ट्रयाकिङ डिभाइस वा मोबाइल एप वा शरीरमा ट्रयाकिङ चिप्स लाउनु पर्छ भनेर इजरायलको राष्ट्रपतिले भनिसकेको अवस्था छ । इन्टरनेटको सुविधाका कारण देखाएर छ जी टावर विभिन्न देशमा जडान गर्न हतारो गरेका छन् । छजी टावर र ट्रयाकिङ डिभाइस वा चिप्ससँग सम्बन्धित छ ।

१८. डेनमार्कको प्रतिष्ठित कोकरेन रिसर्च सेन्टरका संस्थापक पिटर गोचीले भनेका छन्,'यदि कोरोना भगाउने हो भने यो गैरकानुनी टेस्ट किट पिसिआर हटाउनु पर्छ । त्यसपछि सबै समस्या समाधान हुनेछ ।' यसै सन्दर्भमा डाक्टरहरूले समेत औषधि उद्योग अरु उद्योगभन्दा धेरै गुणा खतरनाक छन् भन्दै वैज्ञानिक आधारभन्दा व्यापारले प्रश्रय पाएकोमा रोष जनाउँदै आएक छन् । यहाँ हुने रिसर्चहरू समेत विश्वासयोग्य नभएको भन्दै सम्पूर्ण मोडर्न मेडिकल साइन्समाथि नै धेरै ठूलो आरोप लगाउँदै कोभिड–१९ मा प्रयोग गरिएका औषधिहरूले धेरै मानिसको मृत्यु भएको समेत दाबी गरेका छन् ।

१९. अमेरिका जस्तो नागरिक हक अधिकार र स्वास्थ्यको धेरै नै सुविधा भएको देशमा समेत उच्च मृत्युको कारण अस्पताल र औषधिको त्रुटि रहेको जन हपकिन्सकै रिपोर्टमा उल्लेख छ । रिपोर्टका अनुसार त्यस्तो त्रुटिका कारण वर्षेनी २ लाख ५० हजार मासिहरूको मृत्यु हुन्छ । अन्य रिपोर्टमा त झन् मृत्यु संख्या ४ लाख ४० हजारसम्म देखिन्छ । कोरोनाको केशमा पनि प्रयोग भएका औषधिको कारण मृत्यु भइरहेको धेरैले सप्रमाण दाबी गरिरहेका छन् ।

२०. ६–७ दिन अगाडि सार्वजनिक भएको भिडिओमा अमेरिकालगायत युरोपियन मुलुकहरूमा कोरोनाको नाममा प्रयोगमा ल्याइएका औषधि र भ्याक्सिनविरुद्ध प्लेकार्डसहित नागरिकहरूको व्यापक समर्थनमा सडक प्रदर्शन भइरहेको अवस्था छ । साथै यो कोरोना षड्यन्त्रको पछाडि पूर्णरुपमा बिल गेट्स रहेको भन्दै बिल गेट्सविरुद्ध पनि नाराबाजी व्यापकरुपमा भइरहेको पाइन्छ ।

अमेरिकाका वैज्ञानिक तथा वाएलोजिकल इन्जिनियर डाक्टर शिवा अय्यादुरईकानुसार इम्युनिटी मात्र यस रोगको समाधान भएकाले यसलाई प्रवर्द्धन गर्नुपर्नेमा आधुनिक औषधि विज्ञान एवं डब्लुएचओ प्रोटोकलले उल्टो गरेको छ । उनका अनुसार इम्युन सिस्टम कमजोर भयो भनेमात्र हामीलाई कुनै पनि भाइरसले आक्रमण गर्न सक्छ । इम्युनिटी बढाउने भनेको नै सबै रोग र भाइरसबाट मुक्त रहने हो तर जसले हामीलाई रोगबाट बचाउँछ त्यसलाई कमजोर पार्ने अभ्यास अहिलेको 'कोभिड–१९ परियोजना'ले गरिरहेको छ । लकडाउन, क्वारेनटाइन, मास्क, स्यानिटाइजर, जति पनि अहिले अवलम्बन गरिएका प्रोटेक्टिभ मेजर्सहरूले इम्युनिटी घटाएर मृत्युको मुखतिर धकेल्छ ।

पन्चतत्वः धर्ती, आकाश, अग्नि, जल र वायुले बनेको सामाजिक प्राणी मानिसलाई यिनै पञ्चतत्त्वबाट वञ्चित गराउनु नै दुर्भाग्य भएको छ ।

क्विन्सल्यान्ड युनिवर्सिटीका इम्युनोलोजीका प्रोफेसर इयान फ्रेजरले कोरोनाको भ्याक्सिन जरुरत नभएको र कोरोना स्वत: ठीक हुनेछ भन्दै दावी गरेका छन् ।

१८ मे २०२० मा भारतको मध्य प्रदेशको एमजिएम मेडिकल कलेजमा एउटा ६१ वर्षको मानिस संक्रमित देखिएकोमा २४ मेमा टेस्ट स्याम्पल लिएर २५ मेमा नेगेटिभ आएको पाइएको थियो । त्यसपछि सामान्य घरेलु उपचारले ठीक भएको उक्त सफल कथा यस्ता मूलधारका मिडियाले कहिले पनि अगाडि ल्याउँदैनन् । यदि कुनै आधुनिक औषधिको प्रयोगबाट ठीक भएको भए त्यसलाई २४ घण्टामा २४ सय पटक देखाउँथे होला ।

अदुवा, बेसार, लसुन, ज्वानो, दालचिनी, धनियाँ, तुलसी, अमला, सुन्तला, असुरो, गुर्जो र तीतेपातीको प्रयोगले इम्युनिटी सिस्टम बलियो बनाउँछ । पाँच रुपैयाँको खर्चमा भाइरसको संक्रमण ठीक गर्न सक्ने हाम्रो दैनिक भान्सामा प्रयोग हुने उपभोग्य वस्तुहरू हुँदाहुँदै सम्पूर्ण धन सम्पत्ति पनि स्वाहा गर्ने ज्यान पनि लाने परिपञ्च  र पञ्जामा हामी फस्दै छौँ ।

भारतको एक डाक्टरले त्यहाँको सञ्चारमाध्यममा सार्वजनिक भएको एक भिडियो अन्तर्वार्तामा कोरोना वार्डमा पिपिई सुट लगाएर ६ घण्टा लगातार बस्नुपने प्रावधान बन्दैछ । तर यसको प्रयोगले २ घण्टामा पसिना आएरबीचमै वासरुम जान कठिन हुने गर्दछ । पानीसम्म पनि पिउन धेरै गाह्रो हुन्छ । एकचोटी लगाइ सकेपछि मास्कसमेत खोल्न धेरै गाह्रो र खोलेपछि संक्रमण जोखिम हुँदा हात धुनु पर्ने जस्ता कठिनाइहरू छदै छन । एकचोटी पिपिई, मास्क लगाइसकेपछि निकाल्न गाह्रो भई ६ घण्टापछि मात्र खोल्न सकिन्छ । कोरोनाको वार्डको वातावरण यस्तो भयानक र डरलाग्दो बनाउँदा बिरामी त के स्वस्थ मानिसको पनि होस् उड्ने हुन्छ । त्यसैले अहिले भइरहेको उपचार विधि केवल कोरोना प्रवर्द्धनमै केन्द्रित देखिन्छ ।

कोभिड–१९ ले स्वासनली हुँदै फोक्सोसम्म आक्रमण गर्ने हुँदा यसमा श्वासप्रश्वासको कसरत गर्न उपयोगी हुन्छ । प्राणायाम, हास्य योग र योग आसनले त सम्पूर्ण रेस्पेरेटरी ट्रयाकलाई सफा गरेर ताजा तन्दुरुस्त गर्दछ । यस्तो अति उपयोगी हाम्रो पूर्वीय निर्देशानुसार योग, ध्यान र प्राणायाम जसले हाम्रो सम्पूर्ण 'हेल्थ सिस्टम'लाई नै मजबुत बनाएर सुरक्षित गराउँछ । त्यस्तो चिजलाई त्यागेर हाम्रो सत्यानाश गर्ने खेलको पछाडि लाग्नु अन्धकारउन्मुख हुनु हो ।

हाम्रो प्राकृतिक रहनसहन, खानपान, रीतिरिवाज, पूर्वीय दर्शनले हाम्रो इम्युनिटी बढाउँछ । हाम्रो भान्सामा दैनिक प्रयोग हुने मसलामा सम्पूर्ण भाइरसबाट हामीलाई सुरक्षित राख्ने गुणहरू हुन्छन् । कोरोना त सामान्य भाइरस हो, एउटै बेसारले सम्पूर्ण भाइरसबाट हामीलाई सुरक्षित राख्न सक्छ । हामीलाई जस्तोसुकै संक्रमणबाट जोगाउन सक्छ । अदुवा, बेसार, लसुन, ज्वानो, दालचिनी, धनियाँ, तुलसी, अमला, सुन्तला, असुरो, गुर्जो र तीतेपातीको प्रयोगले इम्युनिटी सिस्टम बलियो बनाउँछ । पाँच रुपैयाँको खर्चमा भाइरसको संक्रमण ठीक गर्न सक्ने हाम्रो दैनिक भान्सामा प्रयोग हुने उपभोग्य वस्तुहरू हुँदाहुँदै सम्पूर्ण धन सम्पत्ति पनि स्वाहा गर्ने ज्यान पनि लाने परिपञ्च  र पञ्जामा हामी फस्दै छौँ ।

अमेरिकन एवं युरोपियन मुलुकमा त्यहाँको आधुनिक बिलासी जीवन, रेस्टुरेन्टको खानपान, जंक फुड, पिजा बर्गर आदिले उनीहरूको इम्युनिटी समाप्त पारिसकेको अवस्था छ । साथै अर्कोतिर आधुनिक चिकित्सा पद्धतिमाथिको निर्भरताले सदैव त्यहाँ मानिसको मृत्यु हाम्रो जस्तो मुलुकभन्दा धेरै गुना बढी छ । तसर्थ उनीहरू आधुनिक रहन–सहन, आहार विहार र आधुनिक चिकित्सा विज्ञानलाई त्यागेर हाम्रो पूर्वीय दर्शनलाई अनुसरण गर्दै योग–आयुर्वेद, हाम्रो रीतिरिवाज, परम्परा, रहनसहनलाई उनीहरूले अंगाल्ने क्रमले पनि व्यापकता पाउँदै गएको छ । नेपालमा पनि हाम्रो मौलिक रीतिरिवाज परम्परा तथा आहारबिहारले इम्युनिटी बढी छ । हामी कहाँ पनि कोरोनाको असर जबरजस्ती देखाउन खोजे पनि वास्तवमा खासै देखिएको छैन ।

सञ्चारमाध्यमहरूमा जे जस्तो प्रचारमा आए पनि चीनले आफ्नै मौलिक परम्परागत उपचार पद्धतिलाई प्रयोगमा ल्याएर अहिलेको कोरोना षड्यन्त्रबाट मुक्त छ । भारतले पनि व्यापक रूपमा भित्रभित्रै योग आयुर्वेदलाई पुनर्स्थापना गरेर आफूलाई विश्व गुरुको दर्जामा राख्न कडा मेहनत गर्दै छ । विश्वका अन्य मुलुक जस्तै जापान, दक्षिण कोरिया, भियतनाम, ताइवान, स्पेन, जर्मनी, इरान लगायत थुप्रै राष्ट्रहरूले आफ्नै परम्परागत उपचार पद्धतिलाई अनुसरण गर्दै अहिलेको षड्यन्त्रको महाआतंकबाट आफ्ना नागरिकहरूलाई सुरक्षित गर्न सफल भएका छन् । विश्वकै पहिलो मानव सभ्यताको, प्रकृतिपूजक, योग आयुर्वेदको उद्गमस्थल हाम्रो नेपालमा सर्वश्रेष्ठ विश्व स्वीकार्य पूर्वीय दर्शन पुनर्स्थापित गर्नुमानै सर्वहित छ ।

अन्त्यमा, विश्वभर यस षड्यन्त्रविरुद्ध स्वतस्फूर्त रूपमा सचेतना फैलाउने र जोडदार प्रदशनहरू भइरहेका छन् । साथै यस किसिमको जघन्य अपराधका सन्दर्भमा कानुनी उपचार लिने काम हुन थालेको नेपालमा पनि शासक वर्गले पनि समयमै आफूलाई सच्याएनन् भने त्यो स्थिति यहाँ नआउला भन्न सकिन्न । ऊँ तत् सत्।

लेखक कर्णबहादुर शाही पाणिनि स्कूलका प्रिन्सिपल हुन् । डा. पूर्ण शाही प्राकृतिक चिकित्सक हुन् ।

कस्तो लाग्यो ?

यो पनि