बैशाख ११, २०८१, मंगलबार
               

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् ।  

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको हो । 

आजको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको छ । बैठकमा संविधान संशोधन तथा कोरोना महामारी नियन्त्रण बारेमा छलफल हुनेछ । 

हालै सरकारले लिम्पियाधुरासहितको नक्सा जारी गरेको छ भने सो नक्सालाई आधिकारिकता दिन संविधान संशोधन प्रस्ताव दर्ता भएको छ । 

यस्तै कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि राष्ट्रिय सहमति बनाएर अघि बढ्नुपर्ने आवाज पनि उठिरहेका छन् ।

यसअघि वैशाख ३१ गते सर्वदलीय बैठक बसेको थियो ।

यो पनि