चैत १५, २०८०, बिहीबार
               

रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध

रासस
जेठ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रका नाममा आज सम्बोधन गर्दै उनले यो महामारीबाट बाहिर निस्कनका लागि सरकारले आवश्यक कार्य गरिरहेको बताए ।

महामारीको सामना गर्न सबै सरकारी निकाय तयारी अवस्थामा रहेको उनले बताए। क्वारेन्टिन थप व्यवस्थित बनाउँदै लैजाने पनि उनको भनाइ छ । नेपालले ६२ दिनदेखि बन्दाबन्दी कोरोनाविरुद्ध लडिरहेको उनले बताए । उनले भने, “हामीले अझै केही समय लड्नुपर्ने देखिएको छ ।”

सरकार नागरिकप्रति संवेदनशील रहेको उनले बताए । सरकारले परीक्षणको दायरा बढाउने क्रममा पहिले एक प्रयोगशालाबाट अहिले २० वटा विस्तार गरेको उनले जानकारी दिए । उनले जनस्तरमा पारस्परिक सहयोगमा मात्रै कोरोनालाई जित्न सकिने बताए । उनले भने, “यो सङ्क्रमण अझै केही समय रहने हुँदा अहिले सबै मिलेर लाग्दा मात्रै महामारीलाई जित्न सकिन्छ ।”

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि