बैशाख १३, २०८१, बिहीबार
               

सामाजिक सुरक्षा भत्ता कटौती गरिँदैन- प्रधानमन्त्री

नेपाल फ्ल्यास
जेठ १२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता कसैको पनि कटौती नगरिने स्पष्ट पारेका छन्। 

देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले अपाङ्ग भएका र एकल महिला र अन्यको सामाजिक सुरक्षा भत्ता नरोकिने बताएका हुन् । 

प्रधानमन्त्रीले भने- 'यस अप्ठ्यारो समयमा अपाङ्गता भएका व्यक्ति वा अन्य कसैको पनि राज्यले उपलब्ध गराउँदै आएको सामाजिक सहायतामा कटौती गरिने छैन। सामाजिक सुरक्षाको दायरा फराकिलो पारिनेछ। योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई परिमार्जन गरिनेछ ।'

सरकारले एकल महिला र 'ख वर्ग' अर्थात् अतिअशक्त अपांगता भएका नीलो कार्डवाहकहरुको सामाजिक सुरक्षा भत्ता कटौती गर्न भन्दै  २०७६ चैत २६ गते स्थानीय तहलाई पत्राचार गरेका थिए ।  राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सबै स्थानीय तहलाई पत्र पठाएर भत्ता कटौतीको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएसँगै चौतर्फी विराेध भइरहेकाे थियो।  संसदका समिति र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि सामाजिक सुरक्षा भत्ता कटौती नगर्न सरकारको ध्यानाकर्षण गराएको थियो।

यो पनि