चैत १५, २०८०, बिहीबार
               

'श्रम नसक्नेलाई राहत, सक्नेलाई काम' -प्रधानमन्त्री

नेपाल फ्ल्यास
जेठ १२, २०७७

ADVERTISEMENT

काठमाडौं ।  श्रम गर्नै नसक्नेलाई मात्रै राहत दिने र श्रम गर्न सक्ने नेपालीहरूलाई कामा दिने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ‌ओलीले श्रम गर्न नसक्नेलाई मात्रै राहत र अरूलाई काम दिने अवधारणा बनाएर अघि बढ्ने बताएका हुन् । 

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार सेवा केन्द्रलाई श्रम बैंकका रूपमा विस्तार गर्ने र रोजगारी नपाउनेलाई रोजगारी दिइने तथा वैदेशिक रोजगारीबाट घर फर्काेहरूलाई पनि काम दिने बताएका छन् ।  प्रधानमन्त्रीले भने- ‘श्रम गर्नै नसक्नेलाई राहत दिऊँ, बाँकी सबैलाई काम दिऊँ र आर्थिक रूपमा भरथेग गरौँ’ भन्ने मान्यतामा सरकार दृढ छ ।'

प्रधानमन्त्री ओलीले थपे- 'विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएका र स्वदेशमै रोजगारविहीन नेपालीहरूलाई उपलब्ध गराइनेछ। यसका लागि आवश्यक पर्ने उपयुक्त सीप र तालीमको व्यवस्था सरकारले गर्छ ।'

 

यो पनि