बैशाख ११, २०८१, मंगलबार
               

प्रधानमन्त्री बोल्दाबोल्दै भूकम्प आएपछि... (भिडियो)

एजेन्सी
जेठ १२, २०७७

ADVERTISEMENT

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले संकटका बेला पनि नआत्तिएको भन्दै चौतफी वाहवाही बटुलेकी छिन् । 

सोमबार बिहानै एक टेलिभिजनको लाइभ अन्तरवार्तामा उनी बोलिराख्दा भूकम्प आयो ।

‘हामीले यहाँ भूकम्पको सानो धक्का महसुस गर्यौं,’ आर्डर्नले न्यूजहब एएम शोका कार्यक्रम प्रस्तोता रायन ब्रिजलाई भनिन् । 

वेलिङ्टनस्थित न्यूजिल्याण्डको संसदबाट बोल्दै गर्दा भूकम्प आएपछि उनले सिलिङ र आफ्नो वरिपरि हेरिन् । यद्यपि, उनी आफ्नो स्थानमै अडिग रहिन् ।

न्यूजिल्याण्डको सिस्मोलोजी एजेन्सीका अनुसार ५.९ म्याग्निच्युडको भूकम्प लेभिनको ३० किलोमिटर उत्तर–पश्चिममा ३७ किलोमिटर गहिराइमा गएको थियो । भूकम्पले केही क्षति नपुर्‍याएको बताइएको छ ।

‘यहाँ भूकम्पको धक्का महसुस भएको छ, हामी सबै ठिक छौं,’ आर्डर्नले ब्रिजलाई भनिन् । आफू अन्तरवार्ताको लागि पुनः तयार भएको संकेत गर्दै उनले भनिन्, ‘म ‘ह्याङ्गिङ लाइट’ को मुनि छैन ।’

भूकम्प १५ सेकेन्डसम्म रहेको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि