बैशाख १२, २०८१, बुधबार
               

तीन औषधालयलाई कारबाही

नेपाल फ्ल्यास
जेठ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । वीर अस्पतालअगाडि सञ्चालित तीन औषधि पसललाई कारबाही गरिएको छ । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा सर्जिकल सामग्रीमा बढी मूल्य लिएको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाहीस्वरुप जरिवाना गरिएको जनाएको छ ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार हनुमान फर्माले हाई मास्कलाई बढी मूल्यमा बिक्री गरेको तथा मेगन फार्मेसी र पवित्र प्रोग्रेस फार्मेसीले केएन ९५ मास्क बढी मूल्यमा बिक्री गरेको पाइएकाले जरिवाना गरिएको हो । 

ती औषधालयले प्रतिमास्क १० देखि २३ सम्म नाफा लिएको भेटिएपछि उक्त पसललाई जरिवाना गरिएको विभागले जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि