चैत १६, २०८०, शुक्रबार
               

१४ खर्बसम्मको बजेट ल्याउन सरकारलाई कांग्रेसको सुझाब

नेपाल फ्ल्यास
जेठ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई आगामी आर्थिक वर्षका लागि १४ खर्बसम्मको बजेट ल्याउन सुझाव दिएको छ ।

कांग्रेसले गठन गरेको अर्थतन्त्र विशेष समितिले सरकारलाई चालू आवका लागि साढे १३ देखि १४ खर्बसम्मको बजेट ल्याउन सुझाब दिएको हो । 

कांग्रेसले खर्च नभएको रकम र केन्द्रीय बैंकको ओभर ड्राफ्टसमेतको सम्भावित आँकलन गरी सरकारलाई यस्तो सुझब दिएको हो । 

नेपाली कांग्रेसले केही समयअघि पूर्वअर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा एक अर्थतन्त्र विशेष समिति गठन गरेको थियो । 

सो समितिमा पूर्वमन्त्री महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दिपकुमार उपाध्याय, भरत शाह, उदयशम्शेर राणा, पृथ्वीराज लिगल, डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोखरेल, डा.गोविन्दराज पोखरेल र डा.स्वर्णिम वाग्ले, सदस्य सचिव डा. प्रदीप पराजुली सदस्य छन् ।

प्रतिवेदनमा सार्वजनिक खर्चको पुनः प्राथमिकीकरण, मितव्ययिता तथा आर्थिक अनुशासनबाट खर्चलाई वाञ्छित सीमामा राख्न पनि सुझाव दिइएको छ । 

राजस्व बाँडफाँट गरेपछि संघीय राजस्व नौ खर्बसम्म हुने अनुमान गर्दै कांग्रेसले आन्तरिक ऋण कुल ग्रार्हस्थ उत्पादनको अनुपातमा करिब पाँच प्रतिशत रहने गरी दुई खर्बको हाराहारीमा उठाउन सकिने बताएको छ । 

यो पनि