चैत १६, २०८०, शुक्रबार
               

बाँकेको नरैनापुरमा निषेधाज्ञा जारी

नेपाल फ्ल्यास
जेठ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिकामा आइतबार राति आठ बजेबाट लागू हुने गरी  निषेधाज्ञा जारी गरिएको छ । 

पछिल्लो समय कोरोना भाइरसको संक्रमण धेरै देखिएपछि आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले पूरै गाउँपालिकामा सेना परिचालन गरी निषेधाज्ञा जारी गरिएको हो । 

नरैनापुर गाउँपालिकामा कोरोना भाइरसको  संक्रमण अधिक देखिएकाले यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

नरैनापुरमा मात्र एक सय १४ जना कोरोना संक्रमित पहिचान भएका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।

सो गाउँपालिकाको ५ नम्बर वडामा मात्र ६२ जना संक्रमित पहिचान भएका छन् ।

दैनिक संक्रमित संख्या बढेको भन्दै गाउँपालिकाले संक्रमण आफ्नो नियन्त्रणभन्दा बाहिर गएको भन्दै प्रदेश र केन्द्र सरकारसँग गुहार मागेपछि सो गाउँपालिका सिल गरिएको हो । 

यो पनि