बैशाख १३, २०८१, बिहीबार
               

चीनलाई कोरोना महामारीको क्षतिपूर्ति तिराउने सोच्नु दिवा सपना हुने यीको भनाइ

नेपाल फ्ल्यास
जेठ ११, २०७७

ADVERTISEMENT

काठमाडाैं ।चीनका विदेश मन्त्री वाङ यीले कोरोना भाइरसको महामारीबारे चीनलाई क्षतिपूर्ति तिराउने सोच्नु दिवा सपना हुने बताएका छन् । 

चीनको वुहान सहरबाट कोरोना भाइरस बाहिरिएको आरोप अमेरिकाले लगाइरहेका बेला आइतबार बेइजिङमा संवाददाताहरूसँग कुरा गर्दै विदेशमन्त्री यीले यस्तो बताएका हुन् । 

अमेरिकाले चीनमाथि कोरोना भाइरस फैलाएको, सुरुमा सूचना लुकाएकोजस्ता आरोप लगाइरहेका अवस्थामा यीले कोरोना महामारीको क्षतिपूर्ति चीनले तिर्ने सवाल नै नहुने बताएका हुन् ।

संवाददाताहरुसँग यीले अमेरिकाका केही राजनीतिक शक्तिले दुई देशको सम्बन्धलाई बन्धक बनाएर नयाँ कोल्ड वारको  सम्मुख धकेलिरहेको बताए । 

दुई देशबीच व्यापार युद्ध चलिरहेकै बेला चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले उनीहरूको सम्बन्धलाई झन् कमजोार बनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि