बैशाख १३, २०८१, बिहीबार
               

भारत-चीन सीमा विवाद: भारतले लद्दाखमा थप्यो सेना

नेपाल फ्ल्यास
जेठ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । भारत–चीन सीमा क्षेत्रमा केहि दिनयता तनाब बढ्दै गएको छ । भारत–चीन दुबैले दुवैले दाबी गर्दै आएको लद्दाख नजिकको विवादित भूमिमा चिनियाँ सेनाको गतिविधि बढ्न थालेपछि भारतीय सेनाले पनि त्यहाँ सेनाहरु थप्न थालेको छ ।

केही समय अगाडि मात्र सिक्किम र लद्दाख नजिकैको विवादित भूमिमा चिनियाँ र भारतीय सेनाबीच झडप भएको थियो । झडपमा दुवैतर्फका सेना घाइते भएका थिए ।

प्रायः सबै छिमेकी मुलुकसँग सीमा विवादमा रहेको भारतले पछिल्लो समय चीनबाट कडा चुनौती सामना गर्नु परिरहेको छ । सीमा क्षेत्रमा भारतीय सैनिक टोलीले घुसपैठ गर्न खोजेपछि चिनियाँ सेनाले भारतीय सैनिकको एउटा टोलीलाई नै नियन्त्रणमा लिएको समाचार एजेन्सीले जनाएकाे छ । 

गत बुधबार लद्दाख क्षेत्रमा चिनियाँ सेनाले भारतीय सेनाको गस्ती टोलीलाई नियन्त्रणमा लिएर हतियार समेत खोसेको समाचार हालै प्रकाशमा आएको थियो । केही भारतीय सञ्चारमाध्यमका अनुसार चिनियाँ सेनाले भारतको ‘इन्डो–तिब्बतीयन बोर्डर पुलिस’ (आइटिबीपी) को एउटा टोलीलाई सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

भारतले भने आफ्ना गस्ती टोली चिनियाँ सेनाको नियन्त्रणमा परेको कुरा अस्वीकार गरेको छ । एजेन्सी

यो पनि