बैशाख ११, २०८१, मंगलबार
               

क्वारेन्टाइनमै रक्सी पुर्‍याएपछि...

नेपाल फ्ल्यास
जेठ ११, २०७७

ADVERTISEMENT

चितवन ।  क्वारेन्टाइनमा बसेका आफन्तलाई घरेलु मदिरा पुर्‍याउनेलाई स्थानीय प्रशासनले पाँच हजार रुपैयाँ जरिवाना गराएको छ ।

राप्ती नगरपालिका वडा नं ३ का २५ वर्षीय कुमार थपलियालाई सो जरिवाना गराएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिए ।

उनका अनुसार थपलियाले बुद्धशान्ति माविमा रहेको क्वारेन्टाइनमा रहेका आफन्तलाई घरेलु मदिरा पुर्‍याउन जाने क्रममा थपलियालाई गत वैशाख ८ गते प्रहरीले नियन्त्रणमा लिएर प्रशासनमा बुझाएको थियो । 

प्रशासनले उनीसँगको बयानपछि जरिवाना तोक्दै अबदेखि यस्तो नगर्न सचेत गराएर छाडेको छ । 


कस्तो लाग्यो ?

यो पनि