चैत १५, २०८०, बिहीबार
               

भारतमा एकैदिन दोस्रो धेरै संक्रमित थपिए

एजेन्सी
जेठ ११, २०७७

ADVERTISEMENT

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसका कारण शनिबार एकैदिन अहिलेसम्मकै दोस्रो धेरै सङ्क्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा छ हजार ६५४ जना नयाँ सङ्क्रमित पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन् । 

योसँगै भारतमा कुल सङ्क्रमितको संख्या एक लाख २५ हजारभन्दा बढी भएको छ । 

त्यसैगरी भारतमा कोरोनाका कारण अहिलेसम्म तीन हजार ७२० जनाको मृत्यु भएको छ । तीमध्ये १३७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

केन्द्रीय स्वास्थ्य तथा परिवारकल्याण मन्त्रालयले देशभर अहिले पनि सङ्क्रमित अवस्थामा रहेकाहरुको संख्या ६९ हजार ५९७ रहेको जनाएको छ । 

मन्त्रालयका अनुसार अरु ५१ हजार ७८३ जना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् ।

मन्त्रालयका अधिकारीहरुले कुल सङ्क्रमित मध्ये ४१.३९ प्रतिशत निको भएको जानकारी दिएका छन् ।

देशभरी पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु भएका १३७ जना मध्ये सबैभन्दा धेरै महाराष्ट्रका ६३ जनाको मृत्यु भएको छ । 

त्यसैगरी गुजरातमा २९ जना, दिल्ली र उत्तरप्रदेशमा १४, १४ जना, पश्चिम बंगालमा छ जना, तमिलनाडुमा चार जना, राजस्थान, मध्य प्रदेश र आन्ध्र प्रदेशमा दुई दुई जनाको मृत्यु भएको छ भने हरियाणामा एक जनाको मृत्यु भएको छ ।

देशभरी कोरोनाका कारण मृत्यु भएका कुल तीन हजार ७२० जनामध्ये सबैभन्दा धेरै महाराष्ट्रमा एक हजार ५१७ जना रहेका छन् ।   

त्यसैगरी गुजरातमा ८०२, मध्य प्रदेशमा २७२, पश्चिम बंगालमा २६५ जना र दिल्ली प्रदेशमा २०८ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी राजस्थानमा १५३ जना, उत्तर प्रदेशमा १५२ जना, तमिलनाडुमा ९८ जना र आन्ध्र प्रदेशमा ५५ जना भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि