बैशाख १३, २०८१, बिहीबार
               

घरभाडाको बदलामा शारीरिक सम्बन्धको माग गर्छन् घर मालिकहरु

एजेन्सी
जेठ ११, २०७७

ADVERTISEMENT

कोरोना भाइरसको कारण जारी लकडाउमा घरभाडामा बस्नेहरु अहिले निकै समस्यामा पर्ने गरेका छन् ।

कोरोनाभाइरस ताथ लकडाउनका कारण अधिकांशको जागिर गुमेको छ । जसका कारण घरभाडामा बस्नेहरुलाई घरभाडा तिर्न समस्या हुने गरेको छ ।

यसैबीच, हालै खबर सार्वजनिक भएको छ कि, 'घर मालिकहरुले घरभाडामा रहने महिला तथा युवतीहरुसँग घरभाडाको बदलामा शारीरिक सम्बन्धको डिमान्ड गरिरहेका छन् ।'

नेशनल फेयर हाउसिंग एलायन्स (एनएफएचए) को रिपोर्टअनुसार, 'अमेरिकामा मानिसहरु यस समस्याका बीच जुधिरहेका छन् ।'

कोरोना महामारीका बीच अमेरिकामा यौन उत्पीडनको घटना १३ प्रतिशत ले बढेको छ ।

एक महिलाले एनएफएचएको वेबसाइटमार्फत भनेकी छिन्, 'यदि मैले आफ्नो प्रोपर्टी म्यानेजरको सेक्स प्रस्ताव इनकार गरेको भए उनले मलाई घरबाट निकालिदिनेथिए । एक सिङ्गल आमा हुनुको कारण अर्को विकल्प थिएन । म आफ्नो घर गुमाउन चाहँदिन थिएँ ।'

घरभाडाको बदला सेक्सको प्रस्ताव राख्ने घटना अमेरिकामा मात्रै होइन, बेलायतमा पनि यस्ता घटना सार्वजनिक हुन थालेका छन् ।

हाउसिंग एक्सपर्ट्सका अनुसार, 'कानुनको ज्ञान नहुँदा धेरै महिला पीडित भएका छन् । पछि उनीहरुमाथि वेश्यावृत्तिको आरोप लाग्न सक्छ ।'  


कस्तो लाग्यो ?

यो पनि