बैशाख १३, २०८१, बिहीबार
               

डिल्लीबजारमा कैदीबन्दी बीच झडप हुनुको यस्तो छ कारण

नेपाल फ्ल्यास
जेठ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । कारागार कार्यालय डिल्लीबजारमा कैदीबन्दी बीच झडप भएको छ । झडपमा तीन जना कैदीबन्दी घाइते भएका छन् ।

नाइके परिवर्तन गर्नुपर्ने माग गर्दै भएको आन्दोलन झडपमा परिणत भएको थियो । 

झडपमा ३ जना घाइते भएको र एकजनालाई अस्पताल लगिएको स्रोतले बताएको छ । 

घाइते जबरजस्ती करणी मुद्दाका कैदी समिर भन्ने शमशेर तामाङ रहेको बताइएको छ । 

कारागार भित्र रहेको एक ब्लकका नाइके गोकुल गिरीले अन्य कैदीबन्दी माथि अत्याचार गरेको भन्दै नाइके परिवर्तन गर्न माग गर्दै कैदीबन्दी बीच आन्दोलन भएको थियो । 

आन्दोलनमा गिरी पक्षधर र अन्य कैदी बन्दीबीच झडप भएको थियो ।

गोकुल गिरी उपेन्द्र देवकोटाकी छोरी अपहरण गर्ने व्यक्ति हुन् । उनलाई १० वर्षको जेल सजाय तोकिएको थियो, जसमध्ये ८ वर्षको कैद भुक्तान गरिसकेका छन् ।

कारागारभित्रै हाल नाइके रहेका गोकुल गिरीले क्यान्टिनसमेत चलाएका थिए । क्यान्टिन चलाए पनि अहिले बाहिरबाट मानिसहरु जान नपाएको र उनीहरुले भित्रै गरेको कामबाट पनि पैसा नआएकाले क्यान्टिनमा खान नपाएपछि कैदीहरूले आन्दोलन गरेका थिए ।

नाइके गिरीले क्यान्टिनबाट उधारो दिन नसक्ने भन्दै उधारो बन्द गरेपछि कैदी बन्दीहरुले खाजा खान नपाएको कारागारमा कार्यरत एक कर्मचारीले बताए । 

क्यान्टिनबाट खाजा खान नपाएपछि उधारोमै खान पाउनुपर्ने माग उनीहरुले गरेका थिए । नाइके गिरीले उधारो बन्द गर्दै कैदी बन्दीमाथि कुटपिट तथा अत्याचार गर्ने गरेपछि झडपको स्थिति आएको स्रोतले बताएको छ ।

बिहान ९ बजेर ४५ मिनेटमा झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो । 

त्यसलगत्तै कैदीबन्दीको माग बमोजिम नाइके गोकुल गिरीलाई अर्को ब्लकमा सरुवा गरेपछि स्थिति सामान्य बनको स्रोतले बताएको छ ।

यो पनि