बैशाख १३, २०८१, बिहीबार
               

अस्पतालबाट बिहानै भागे कोरोना संक्रमित

नेपाल फ्ल्यास
जेठ ११, २०७७

ADVERTISEMENT

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधामबाट एक कोरोना संक्रमित व्यक्ति फरार भएका छन् । 

सोमबार विहानै आईसोलेसन कक्षमा रहेका एक संक्रमित व्यक्ति फरार भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाए ।

सर्लाहीका ती ४० वर्षिय संक्रमित व्यक्तिको मानसिक सन्तुलन गुमेको र पटक–पटक भाग्ने प्रयास समेत गर्दै आएका थिए ।

उनी झ्याल तोडेर फरार भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अहिले विशेष कोभिड अस्पतालको आईसोलेसनमा सर्लाही, महोत्तरी, धनुषा र सिरहाका कोरोना संक्रमित गरी ४० भन्दा बढी उपचाररत छन् ।


कस्तो लाग्यो ?

यो पनि