बैशाख ०७, २०८१, शुक्रबार
               

बिहानै टोखामा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

नेपाल फ्ल्यास
जेठ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । आज बिहानै राजधानीस्थित काठमाडौंको टोखामा मोटरसाइकल दुर्घटना भएको छ । टोखा नगरपालिका–२, पञ्चेटारमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

आइतबार बिहान साढे ५ बजे भएको दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका अनुसार सामाखुशीबाट झोरतर्फ जाँदै गरेको बा ८५ प ५६६ को मोटरसाइकल तामाङ र झोरबाट टोखातर्फ आउँदै गरेको मोटरसाइकल २२ वर्षीय दुलालले चलाएका थिए ।
 


कस्तो लाग्यो ?

यो पनि