चैत १६, २०८०, शुक्रबार
               

किसानका उत्पादन बिक्रीका लागि हाटबजार

रासस
जेठ १०, २०७७

ADVERTISEMENT

भिरकोट नगरपालिकाले किसानले उत्पादन गरेका कृषिउपजको बिक्री वितरणका लागि हाटबजार सञ्चालनमा ल्याएको छ । 

‘लकडाउन’का कारण उत्पादन गरेका वस्तुले बजार नपाएको भन्दै किसानको गुनासो बढ्दै गएपछि भिरकोट नगरपालिकाले किसानले उत्पादन गरेका कृषिउपजको विक्री वितरणका लागि हाटबजार सञ्चालनमा ल्याएको हो। 

कोभिड– १९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन लम्बिँदै जाँदा किसानले उत्पादन गरेका कृषिउपजले बजार नपाएर कुहिएर जाने अवस्था आएपछि हाटबजार सञ्चालनमा ल्याउने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

सञ्चालनमा आएको हाटबजार बिहान ८ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सञ्चालनमा आउने हाटबजारमा किसानले उत्पादन गरेका तरकारी फलफूललगायतका वस्तु नगरपालिकाले खरिद गरेर उपभोक्तालाई बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । 

नगरप्रमखु छायाराम खनालले ‘लकडाउन’का कारण समस्यामा परेका किसान र उपभोक्ताबीचको पुलको काम नगरपालिकाले गरेको बताए । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि