चैत १६, २०८०, शुक्रबार
               

दक्षिण कोरियामा फेरि धमाधम देखिन थाले संक्रमित, नाइट क्लब बन्द

एजेन्सी
जेठ १०, २०७७

ADVERTISEMENT

कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गरेको ठानिएको दक्षिण कोरिएमा अहिले फेरी दिनप्रतिदिन सङ्क्रमितहरु भेटिन थालेका छन् । 

स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार थप २३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

सङ्क्रमितहरु फेरी धमाधम देखिन थालेपछि दक्षिण कोरियामा रात्री क्लव, बार, रेष्टुरेन्टलगायतका व्यवसायिक कार्यालयहरु बन्द गरिएको छ ।

दक्षिण कोरियामा अहिलेसम्म कोरोनाभाइरसबाट ११ हजार १६५ जना सङ्क्रमित भएका छन् भने २६६ जनाको मृत्यु भएको छ । 

अहिले भेटिएका १३ जना राजधानी सोलसँगैको ग्येन्गी प्रान्तमा भेटिएका हुन् । त्यस क्षेत्रमा थप कडाई गरिएको छ । 

पछिल्लो समयमा मात्रै दक्षिण कोरियामा झण्डै पाँच सय जना सङ्क्रमित भेटिएका छन् । पहिचान गर्ने र परिक्षण गर्ने क्रम पनि तिव्र पारिएको जनाइएको छ । 

दक्षिण कोरियामा सङ्क्रमण नफैलिने गरी उच्च सतर्कतासहित उच्च शिक्षाका लागि केही शैक्षिक संस्थाहरुमा भने अध्ययन अध्यापन कार्य गर्न थालिएको छ । 


कस्तो लाग्यो ?

यो पनि