बैशाख १२, २०८१, बुधबार
               

नेपालमा एकैदिन ६८ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल फ्ल्यास
जेठ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा शनिबार कोरोना संक्रमणको संख्या उल्लेख्य रुपमा बढेको छ । 

शनिबार अपरान्हसम्ममा ६८ जनामा संक्रमण पुष्टि भएको हो । अपराह्ण ३६ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो भने बिहान ३२ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५८४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा नियमित प्रेस ब्रिफिङमा पछिल्लोपटक बाँकेका २७ जना, बैतडीका ४, सुर्खेतका ३ र झापा तथा बर्दियाका एक-एक जनामा संक्रमण पुष्टि भएको जनाएका हुन् ।

उनले ३२ हजार ५८७ जना क्वारेन्टाइनमा रहेको जानकारी दिए । प्रदेश ५ मा मात्रै १७ हजार १३० जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै देशभरमा आइसोलेसनमा कुल ५०८ जना रहेकोमा प्रदेश ५ मा २४७ जना छन् । रेडजोनमा पर्नेको सूचीमा पाँच जना थपिएको छ ।

आइसोलेशनमा ५ सय ८ जना रहेका छन् भने निको हुनेको संख्या ७० जना छ ।


कस्तो लाग्यो ?

यो पनि