बैशाख ०७, २०८१, शुक्रबार
               

मनिषा दिदीलाई गाली गर्दा चित्त दुख्यो: आँचल शर्मा

नेपाल फ्ल्यास
जेठ १०, २०७७

ADVERTISEMENT

नेपालले भारतिय अतिक्रमणमा परेको भू-भाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि अहिले त्यस विषयमा निकै ठुलो विवाद चर्किएको छ । नेपालले सार्वजनिक गरेको नक्सालाई भारतले स्विकारेको छैन ।

नेपालले जारी गरेको नयाँ नक्साको विषयमा नायिका मनिषा कोइरालाले एक ट्विट गरेकी थिइन् । जसको निकै चर्चा भयो । भारतमा यसको विरोध भयो भने नेपालमा प्रशंसा भयो । 

भारतिय मिडियाले भने मनिषालाई निकै होच्याएर समचार दिए । जुन कुराको नेपाली कलाकारहरुले भत्सना गरिरहेका छन् । 

यस्तैमा, नायिका आँचल शर्माले पनि यस विषयमा बोलेकी छिन् । उनले मनिषालाई आफ्नो देशको पक्षमा बोलेको भन्दै धन्यवाद व्यक्त गरेकी छिन् । एक मिडियामा दिएको अन्तरवार्तामा आँचलले देशको पक्ष लिएर ट्विट गर्नु ठुलो कुरा भएको बताएकी छिन् ।

भारतिय मिडियासँग भने आँचलको चित्त दुखेको छ । मनिषालाई तल्लो स्तरको गाली गरेकाले आँचल दुःखी छिन् । भारतिय मिडियाको यो काम गलत भएको भन्दै यतिसम्म गिर्न नहुने आँचलको भनाई छ । 

आँचलले भनिन्, 'मनिषा दिदी पहिला नेपालीको चोली हो । भारतमा आफ्नो कामले पहिचान बनाउनु भएको हो । उहाँ आफ्नै क्षमताले बलिउडमा नम्बर १ बन्नु भएको हो । कसैले उपहार दिएको होइन ।'

अन्तरवार्तामा आँचललाई सिमानाको विषयमा कलाकार किन बोल्दैनन् ? भन्ने प्रश्न गरियो । उक्त प्रश्नमा आँचलले सबैले सबै कुराको ज्ञान नराख्ने भएकाले बोल्न डराएको बताइन् ।

उनले भनेकी छिन्, 'भनिन्छ नि, लिटिल नलेज डेन्जरस । त्यसैले होला बोल्ने आँट आएन ।'


कस्तो लाग्यो ?

यो पनि