बैशाख ०६, २०८१, बिहीबार
               

सुर्तीजन्य पदार्थ प्रयोगमा थप कडाइ गरिने

नेपाल फ्ल्यास
जेठ १०, २०७७

ADVERTISEMENT

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ को पूर्णरुपमा पालना गराउने प्रदेश नं १ ले  निर्णय गरेको छ । सामाजिक विकास मन्त्रालयमा शुक्रबार साँझ बसेको बैठकले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न सो ऐनलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले जानकारी दिए ।  

कोरोना भाइरसको  जोखिम हुन नदिन पनि  सो ऐनलाई प्रभावकारी कार्यान्वयन गर्दै सुर्तीजन्य पदार्थ नियन्त्रणमा पूर्णरुपमा पालना गराउने निर्णय भएको उनले बताए ।  

प्रदेश सरकार मन्त्रिपरिषद्ले गत माघ १३ गते प्रदेशलाई सुर्तीजन्य पदार्थ नियमन र नियन्त्रणयुक्त बनाउने निर्णय गरेको थियो ।

सो मन्त्रालयले सरोकारवाला पक्षसँगको समन्वय र सहकार्यमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि