बैशाख १२, २०८१, बुधबार
               

कोरोना परीक्षण गर्न पेट्रोलियम डिलर्स एसोसिएसनको माग

रासस
जेठ १०, २०७७

ADVERTISEMENT

बन्दाबन्दीका कारण पेट्रोलियम पदार्थको खपतमा कमी आएकाले पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले आफ्ना सदस्य पम्पलाई अति आवश्यक बाहेकका खर्च कटौती गर्न आग्रह गरेको छ । बन्दाबन्दीका कारण व्यवसायमा भारी गिरावट आएको एशोसिएशनले कर्मचारी कटौतीदेखि पम्पबाट हुँदै आएको उधारो तेल वितरण बन्दलगायत विषयमा पूर्वतयारी गर्न आग्रह गरेको हो ।

 भिडियो कन्फ्रेन्समार्फत शुक्रबार बसेको बैठकले अति कम कर्मचारीबाट पम्प सञ्चालन गर्ने, आवश्यक पदार्थको कारोवार गर्ने हुँदा आपूर्ति नियमित राख्न पम्पमा पेट्रोलियम पदार्थ मौज्दा राख्नुपर्ने तथा पूँजीगत खर्च कम गर्नुपर्ने तथा पम्पबाट उधारो तेल वितरण बन्द गर्ने निर्णय गरेको एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले जानकारी दिए । 

उनका अनुसार बैठकले नगदमा मात्र कारोबार गर्नुपर्ने, अत्यावश्यकबाहेकका खर्च कटौती गर्ने र स्थानीय निकायसँगको समन्वयमा इन्धन वितरण प्रभावकारी बनाउन सबै व्यवसायीलाई आग्रह गर्ने निर्णय गरेको छ ।

सरकारले पेट्रोलियम पदार्थलाई अत्यावश्यक सूचीमा राखे पनि पेट्रोल पम्पका कर्मचारीलाई काममा आउँदा पासको समस्या हुने गरेको उनले जनकारी दिए ।

“अतिआवश्यक क्षेत्र भने तापनि समन्वय नहुँदा समस्या भयो, बन्दाबन्दी अझै थपिँदै गए ५० प्रतिशतसम्म कर्मचारी कटौती हुनेछ”, उनले भने, “पम्प सञ्चालन भए  पनि खपत न्यून छ, हाम्रा कर्मचारीहरु पम्पसम्म समेत आउन समस्या भएको छ, घरमा नै कर्मचारीलाई राखेर सेवासुविधा दिए पनि पछिल्लो दिनमा समस्या हुने देखिएको छ ।”

एसोसिएसनले आवश्यकतानुसार कर्मचारी कटौती गरेर अति कमबाट कारोबार सञ्चालनको तयारी गरेको उहाँले जानकारी दिए । उहाँका अनुसार एसोसिएसनमा आबद्ध एक हजार पाँच सय पम्पमा करीब पाँच हजार कर्मचारी  छन् ।

बन्दाबन्दीका सुरुवाती दिनमा पेट्रोलियम पदार्थको खपतमा कमी आए पनि पछिल्लो समय तराईमा खेतीको याम सुरु हुँदा डिजेलको मागमा वृद्धि भएको छ ।
 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि