चैत १६, २०८०, शुक्रबार
               

पाकिस्तानमा ११ सयभन्दा बढीको मृत्यु, कति छन् संक्रमित ?

एजेन्सी
जेठ १०, २०७७

ADVERTISEMENT

पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । 

पाकिस्तानमा संक्रमितको संख्या ५२ हजार ४३७ पुगेको  पाकिस्तानी अधिकारीहरुले बताएका छन् ।

विगत २४ घण्टामा पाकिस्तानमा १ हजार ७४३  संक्रमित थपिएका बताइएको छ । 

पाकिस्तानमा कोरोना संक्रमितमध्ये १ हजार १०१ व्यक्तिको मृत्यु भइसकेको अधिकारीहरले जानकारी दिएका छन् । 

वल्र्डओमिटरले जनाएअनुसार पाकिस्तानमा बिहीबार मात्र ३४ जना संक्रमितको ज्यान गएको छ । 

पाकिस्तानी समाचार संस्था जिओ न्यूजले सबैभन्दा बढी प्रभावित पाकिस्तानको सिन्ध राज्यमा रहेको बताएको छ । 

त्यसपछि कोरोना भाइरस संक्रमित राज्यमा पञ्जाव, खैबर पाख्तुनख्वा, बालोचिस्तान, गिलगित बाल्टिस्तान, इस्लामावाद र पाकिस्तान प्रशासित काश्मिरमा रहेका छन् ।    

संक्रमितहरुमध्ये १६ हजार ६५३ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । 

पाकिस्तानका विभिन्न अस्पतालमा ३४ हजार ६८३ जना संक्रमितको उपचार भइरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि