बैशाख १३, २०८१, बिहीबार
               

पोर्न उद्योगबाट सिक्नुपर्ने पाठ

हेली लिबरम्यान
जेठ १०, २०७७

ADVERTISEMENT

हत्यारा कोरोना भाइरस ठुला सहरहरूमा अथाहरुपमा फैलिसकेको छ । अहिलेसम्म विश्वासिलो र प्रभावकारी उपचार पद्धति भेटिएको छैन । हरेक उद्योगमा कार्यरत श्रमिक काममा जाँदा भयभीत हुनुपर्ने अवस्था छ । बाँच्नका लागि गरिने काम गर्दा पनि जीवनको जोखिम छ । परीक्षणको गति कमजोर देखिएका छन् ।

कोभिड १९ को भ्याक्सिन अझै एक वर्ष वा एक दशकभित्र आउँछ भनेर ठोकुवा गर्न सकिने स्थिति छैन । भ्याक्सिनले जोगाउने दिन टाढै छ । यसले भविष्यमा खर्बौँका उद्योगधन्दालाई पनि बन्द गराउँछ कि भन्ने शङ्का उत्पन्न गराउन थालेको छ । यसले गर्दा अबका दिनमा श्रमिक वा कर्मचारीको नियमित परीक्षण गराउँदै काममा लगाउनु पर्ने बाध्यता उजागर गरेको छ । जहाँ श्रमिक स्वस्थ्य रहन्छन्, अर्थ व्यवस्था पनि स्वस्थ्य रहन सक्छ ।

त्यो समय पोर्नोग्राफी व्यवसाय निकै उचाइमा थियो । भिएचएस र डिभीडीको व्यापारले आकाश छोइरहेका थिए । बजार दिनदिनै बिस्तार भइरहेको थियो । लसएञ्जलस्को पोर्न उद्योगमा मात्र हरेक वर्ष झन्डै ५ हजार नयाँ कलाकारले प्रवेश पाइरहेका थिए ।

सन् १९९८ को वर्षमा लसएञ्जलस् र सान फर्नान्डो भ्यालीमा रहेको वयस्क चलचित्र (पोर्न) उद्योग ठुलो सङ्कटबाट बालबाल जोगियो । त्यो वर्षको ७ जनवरीमा एक जना पोर्न कलाकारमा एचआइभी पोजेटिभ भेटियो । लगत्तै त्यहाँको उद्योग नै धराशायी बन्ने त्रास फैलिनु स्वाभाविकै थियो ।

त्यो समय पोर्नोग्राफी व्यवसाय निकै उचाइमा थियो । भिएचएस र डिभीडीको व्यापारले आकाश छोइरहेका थिए । बजार दिनदिनै बिस्तार भइरहेको थियो । लसएञ्जलस्को पोर्न उद्योगमा मात्र हरेक वर्ष झन्डै ५ हजार नयाँ कलाकारले प्रवेश पाइरहेका थिए भने हजारौँ स्थापित कलाकारले पनि रोजगारी पाइरहेका थिए । सो उद्योगमा एचआइभीको प्रवेशले करोडौँ डलरको नोक्सानी मात्र दिएन, कलाकारहरूको स्वास्थ्यलाई पनि सङ्कटमा पारेको थियो ।

पोर्न कलाकारबाट एचआइभी जिनोलोजिस्ट बनेकी सारोन मिचेलले सन् १९९० को दशकमा पोर्न कलाकारहरू र उद्योगको रक्षा र उत्थानमा सक्रिय भूमिका निभाएकी थिइन् । जब लसएञ्जलस्को उद्योग सङ्कटमा पर्न थाल्यो उनैले त्यो उद्योगलाई बचाउने अठोट गरिन् । त्यहाँको पोर्न चलचित्र निर्मातासँगको सहकार्यमा उनले फ्री स्पिच कोलिसन (एफएससी) नामक समूह गठन गरिन् । सो समूहले जासुसले झैँ काम गर्थ्यो । उनी र उनको समूहले एचआइभी सङ्क्रमित महिला वा पुरुष कलाकारसँग गोप्य रूपमा भेट्थ्यो । अनि ती कलाकारले बितेका ६ महिनामा शारीरिक सम्बन्ध राखेका व्यक्तिहरूको नाम सङ्कलन गर्दथे ।

त्यसपछि एड्स हेल्थ केयर फाउन्डेसन र क्यालिफोर्निया विश्वविद्यालयको सहकार्यमा ती सङ्क्रमित कलाकारहरूसँग शारीरिक सम्बन्ध राखेका सबैको स्वास्थ्य जाँच गरिन्थ्यो, गोप्य रूपमा । मिचेल कै अग्रसरतामा ती कलाकारहरूको पोलीमरेज चेन रियाक्सन (पिसीआर) परीक्षण गरिन्थ्यो । जसबाट ती कलाकारहरूको एन्टिबडीको मात्रा पनि पत्ता लाग्थ्यो । जसले अघिल्ला चरणमा गर्नुपर्ने परीक्षणहरूमा पनि सहयोग गर्दथ्यो । उनले सो परीक्षण सुरु गरेको केही साताभित्रै अन्य ३ जना कलाकार पनि एचआइभीको सङ्क्रमण देखियो । उनले प्रयास गर्दा गर्दै एक जना पुरुष कलाकारले आफू सङ्क्रमित नभएको दाबीसहित परीक्षण गर्न अस्वीकार गरे । जसले गर्दा उनलाई कानुनी दायरामा ल्याएर परीक्षण गराउनु परेको थियो । पछि उनी पनि सङ्क्रमित देखिए ।

साथै मिचेलले सङ्क्रमित महिला वा पुरुषसँग काम गरेका सबैलाई घटीमा ३० दिन क्वारेनटाइनमा बस्न र परीक्षणको सम्पूर्ण नतिजा नआएसम्म काममा नफर्कन निर्देशन पनि दिइन् । उनको त्यो शैलीले काम गर्‍यो । जसले गर्दा मात्र ६ जनामा एचआइभी पोजेटिभ देखियो अनि त्यो उद्योग पनि पूर्ववत् व्यापारमा फर्कियो ।

अब हामीले बुझ्नु पर्छ, एउटा पोर्न उद्योगले हत्यारा भाइरसलाई फैलिनबाट कसरी रोक्यो । एचआइभी एड्सले महामारीको रूप लिनु अगावै लसएञ्जलस्को उद्योगले तत्काल लिएको निर्णयबाट ठुलो महामारीबाट कसरी मुक्ति पायो भन्ने विषयलाई अहिले हामीले मनन गर्नुपर्ने बेला आएको छ । त्यो वयस्क उद्योगले अपनाएको नीतिलाई अनुसरण गर्दा अन्य धेरै सहरले पनि महामारी रोक्न सफलता पाए । अब फेरि यस्तै कार्य गर्नुपर्ने समय आएको छ ।

लसएञ्जलस्को पोर्न चलचित्र उद्योग पनि कोभिड १९ को सङ्क्रमण देखा पर्न थालेपछि तत्काल बन्द गरिएको थियो । त्यो उद्योगले तत्कालको मुनाफा हेरेन । जसरी २२ वर्षअघि पनि हेरेको थिएन । अनि ठुला विश्वविद्यालय तथा विशेषज्ञहरूसँग सल्लाहलाई महत्त्व दियो । उपलब्ध सबैभन्दा राम्रा परीक्षण भित्रायो । जसरी १९९८ मा भित्राइएको थियो । अहिले त्यो उद्योगमा कार्यरत सबैको कोभिड १९ को परीक्षण भइसकेको छ । 

मिचेलले २२ वर्षअघि भने तत्कालका लागि सङ्क्रमण रोक्ने कार्यलाई मात्र महत्त्व दिइनन्, भविष्यमा फैलनसक्ने सम्भावित महामारीलाई कसरी रोक्ने भन्ने विषयमा पनि काम गरिन् ।

मिचेल कै अनुसार सो प्रक्रियाको थालनीसँगै सङ्क्रमणको दरमा ९८ प्रतिशतले कमी आयो । अहिले त्यो उद्योगले एउटा नीति लिएको छ, कोही सङ्क्रमित भएको खण्डमा त्यो कलाकारसँग केही समय अघिसम्म काम गरेका सबै कलाकारको परीक्षण गराउने ।

उनकै आव्हानपछि पोर्न कलाकारलाई कन्डम प्रयोग गर्न अनिवार्य गरियो । तर, पोर्न उद्योगको काम कल्पनामा आनन्द दिनु हुन्छ । त्यसैले उनको निर्देशनलाई कतिपय निर्माता निर्देशकले बेवास्ता गरे । त्यही बुझेर मिचेल कै अग्रसरतामा पोर्न संसारको स्वास्थ्य सुरक्षामा ध्यान दिन एडल्ट इन्डस्ट्री मेडिकल हेल्थ केयर फाउन्डेसन (एआइएम) गठन गरिन् । सो संस्थाले पोर्न कलाकारको स्वास्थ्य तथा एचआइभी परीक्षण गर्ने गर्दथ्यो । सेटमा काम सुरु गर्नु अगाडि कलाकारले एआइएमले उपलब्ध गराएको निरोगिताको प्रमाणपत्र प्रस्तुत गर्नु पर्दथ्यो । साथै त्यो प्रमाणपत्र ३० दिनभन्दा पुरानो पनि हुनु हुँदैन थियो ।

मिचेल कै अनुसार सो प्रक्रियाको थालनीसँगै सङ्क्रमणको दरमा ९८ प्रतिशतले कमी आयो । अहिले त्यो उद्योगले एउटा नीति लिएको छ, कोही सङ्क्रमित भएको खण्डमा त्यो कलाकारसँग केही समय अघिसम्म काम गरेका सबै कलाकारको परीक्षण गराउने । अनि, ती कलाकारले काममा फर्कन सक्ने प्रमाणपत्र नल्याएसम्म काममा नलगाउने ।

हुन त कुनै पनि कार्यक्रम शतप्रतिशत सही हुँदैन । सो कार्यक्रमको थालनी गरेको ६ वर्षपछि प्रकाशित एक नतिजाअनुसार सो अवधिमा झन्डै ८० हजार जनाको परीक्षण गरिएकोमा मात्र मात्र १४ जनामा एचआइभी पोजेटिभ नतिजा भेटिएको थियो । साथै त्यही वर्ष नै ६ वर्षकै  सबैभन्दा बढी कलाकारमा एचआइभी सकारात्मक देखिएको थियो । जसले गर्दा लसएञ्जलसको पोर्न चलचित्र उद्योग फेरि ६० दिनका लागि बन्द गरिएको थियो । सन् २०११ मा एआइएमबाट एफएससीले त्यो काम आफ्नो जिम्मामा लियो ।

अहिले पनि सम्भावना छ । बन्द भएको हलिउडसँगै अन्य चलचित्र उद्योग पनि यही शैलीमा खोल्न सकिन्छ ।

पत्रकार तथा लेखक हेली लिबरम्यानले विस्कन्सिन्स विश्वविद्यालयबाट यौन इतिहास विषयमा विद्यावारिधि गरेकी छन् ।

कस्तो लाग्यो ?

यो पनि