बैशाख ०८, २०८१, शनिबार
               

भारतमा बढे कोरोना संक्रमित, कति पुग्यो मृतकको संख्या ?

एजेन्सी
जेठ १०, २०७७

ADVERTISEMENT

भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या एक लाख २५ हजारभन्दा बढी पुगेको छ ।

शुक्रबार मात्रै भारतमा सबैभन्दा बढी ६५६८ संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

शुक्रबार महाराष्ट्रमा एकैदिन सबैभन्दा बढी २९४० संक्रमित थपिएका छन् । केरलमा भेटिएका नयाँ संक्रमितमध्ये १७ विदेशबाट र २१ जना महाराष्ट्रबाट फर्किएका थिए ।

त्यस्तै दिल्लीमा ६६०, तमिलनाडुमा ७८६, गुजरातमा ३६३, मध्यप्रदेशमा १८९, उत्तरप्रदेशमा २२०, राजस्थानमा २६७, कर्नाटकमा १३८, बिहारमा १७९ र ओडिशामा ८६ संक्रमित थपिएका छन् । यसका साथै अन्य राज्यहरुमा २१७ संक्रमित थपिएका छन् ।

कोरोना संक्रमण २६ राज्य तथा ७ केन्द्र शासित प्रदेशमा फैलिएको छ । जसमध्ये सबैभन्दा बढी प्रभावित ५ राज्यमा मात्र ८६ हजार भन्दा बढी अर्थात ७३ प्रतिशत संक्रमित छन् । 

भारतको केन्द्रीय स्वास्थ्यम मन्त्रालयका अनुसार, भारतमा १ लाख २५ हजार ४४७ मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

संक्रमितमध्ये ६९ हजार ५९७ जना विभिन्न अस्पतालमा उपचाररत छन् । ५१ हजार ७८३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

भारतमा कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म ३ हजार ७२० जनाको ज्यान गइसकेको छ । 

यसैबीच, कोरोना भाइरस विरुद्ध हाइड्रोक्सिक्लोरोक्विन (एचसीक्यू) औषधिले सकारात्मक परिणामा दिएको बताइएको छ ।

केन्द्र सरकारले एचसीक्यू औषधि बढी रिस्क जोनमा ड्युटीमा खटिएका स्वास्थ्यकर्मी र कोरोना संक्रमितको लागि प्रयोगमा ल्याएको छ । यसले कोरोना संक्रमणको जोखिमलाई कम गर्ने विश्वास गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि