बैशाख ०४, २०८१, मंगलबार
               

ब्राजिलमा भयावह बन्दै कोरोना भाइरस

एजेन्सी
जेठ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का २० हजारभन्दा धेरै संक्रमित थपिएका छन् । 

ब्राजिलको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजार ८०३ नयाँ संक्रमित फेला परेका हुन् ।

दक्षिण अमेरिकामा कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित बनेको मुलुकमा यससँगै कोरोना भाइरसका संक्रमितको संख्या तीन लाख ३० हजार ८९० पुगेको छ ।

संक्रमित संख्याको हिसाबमा ब्राजिल अमेरिकाभन्दा पछि दोस्रो स्थानमा देखिएको छ । 

पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोना भाइरसबाट एक हजार एक जनाको मृत्यु भएको छ । 

यससँगै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २१ हजार ४८ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि