बैशाख ०८, २०८१, शनिबार
               

बंगलादेशको आसपासमा चक्रवात कमजोर

नेपाल फ्ल्यास
जेठ १०, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज नेपालमा स्थानीय वायु, पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ भने बंगलादेशको आसपासमा अवस्थित चक्रवात (अम्पुन) कमजोर भई न्यून चापीय प्रणालीको रुपमा रहेको र यसले नेपालको पूर्वी भागमा आंशिक प्रभाव पारिरहेको छ । 

साथै, अहिले देशका पश्चिमी पहाडी भागमा, मध्य र पूर्वी भागमा सामान्य बदली भइरहेको र बाँकी भागमा आंशिक बदली भएको पूर्वानुमानमा उल्लेख छ । यसैगरी, शनिबार दिउँसो भने देशको मौसम पश्चिमी पहाडी भाग, मध्य र पूर्वाी भागमा सामान्य बदली हुने र बाँकी भागमा आंशिक बदली हुने महाशाखाले पूर्वानुमान गरेको छ । 

त्यस्तै, मध्य तथा पूर्वी भूभागका केहि स्थानहरु र पश्चिमी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित  वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार शनिवार राति भने देशभरी नै सामान्य बदली हुनेछ । मध्य तथा पूर्वी भू–भागका केहि स्थानहरु र पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित  वर्षाको सम्भावना रहेको छ।  


कस्तो लाग्यो ?

यो पनि