बैशाख १२, २०८१, बुधबार
               

राससका पत्रकारमा पनि कोरोना, क्वारेन्टाइनबाटै समाचार सम्प्रेषण

रासस
जेठ १०, २०७७

ADVERTISEMENT

जीतपुर । कपिलवस्तुमा कोरोना संक्रमण पुष्टि भएका दुई सञ्चारकर्मीलाई करीब १२ घण्टापछि शुक्रबार बेलुका आइसोलेशनमा लगिएको छ । कोरोना संक्रमित सञ्चारकर्मीको अवस्थाका बारेमा समाचार प्रकाशन भएको केही समयमै वाणगङ्गा नगरपालिकाका एक सञ्चारकर्मीलाई गयराति करीब ८ः३० मा एम्बुलेन्समा राखी जिल्लाको माहुरी होममा निर्माण गरिएको आइसोलेशनमा लगिएको छ । 

सङ्क्रमितसँग सम्पर्कमा आएकाको छिट्टै कोरोना परीक्षण गरिने भएको छ । एक सञ्चारकर्मीको सम्पर्कमा रहेका आठ पत्रकार शुक्रबार नै सेल्फ क्वारेन्टाइनमा बसिसकेका छन् । जसमा राससका समाचारदाता पनि रहेका छन् ।

तिनले क्वारेन्टाइनमै बसेर समाचार सम्प्रेषण गरिरहेको जनाइएको छ । सङ्क्रमित दुई सञ्चारकर्मीलाई स्वास्थ्यकर्मीको निगरानीमा रााखिएको छ । उनीहरु दुवैको स्वास्थ्यावस्था सामान्य छ ।

बाणगंगा नगरपालिकाले आवश्यक पूर्वतयारी नगर्दा ढिलाइ भएको नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले जानकारी दिए । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि