बैशाख ०८, २०८१, शनिबार
               

लकडाउनमा सार्वजनिक भयो राष्ट्रभक्ति गीत 'जित्छौँ हामी'

नेपाल फ्ल्यास
जेठ ०९, २०७७

ADVERTISEMENT

कोरोनाका कारण देश नै लकडाउनमा रहेको छ । देशको सीमा अतिक्रमणको मुद्दा पनि चर्किरहेको छ । यसै बेला राष्ट्रभक्ति गीत सार्वजनिक भएको छ । शुक्रबार ‘जित्छौँ हामी’ बोलको गीत सार्वजनिक गरिएको हो । 

संजोग बस्यालले सृजना गरेको यस गीतमा विनोद बानियाको स्वर रहेको छ । गीतमा विनोदले नै संगीत दिएका हुन् । 

कोरोना भाइरसका कारण आफन्त गुमाएका, अस्पतालको शैयामा संघर्ष गरिरहेका, रोजगार गुमाएका तथा त्रासमा रहेका व्यक्तिलाई यस गीतले हैसला दिने लेखक बस्यालले बताए । उनले भने, ‘रोगसँग मात्र नभएर अतिक्रमणमा परेको नेपालको भूमि फिर्ता ल्याउन समेत यस गीतले हौसला दिने छ ।’ 

लेखक संजोग र विजय बस्यालको निर्देशनमा तयार भएको भिडियोमा नेतादेखि खेलाडीसम्म समावेश छन् । भिडियोमा नेता बाबुराम भट्टराई, कोमल ओली, पृथ्वीसुब्बा गुरुङ देखिएका छन् भने खेलाडीमा अनिल गुरुङ, सिपोरा गुरुङ, साबित्री भण्डारीलाई भिडियोमा देखाइएको छ । 

भिडियोमा कलाकारहरु अनुप बराल, दिया मास्के, राजबल्लभ कोइराला, माओत्से गुरुङ, प्रकाश घिमिरे, निराजन प्रधान, मिलन शंकर, शाहिल खान, कवि तिर्थ श्रेष्ठ, साहित्यकार सरस्वती प्रतिक्षा लगायतको अभिनय रहेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि