चैत १५, २०८०, बिहीबार
               

बलिउड अभिनेत्री अनुष्कालाई कानुनी पत्र

नेपाल फ्ल्यास
जेठ ०९, २०७७

ADVERTISEMENT

अनुष्का शर्माद्वारा निर्मित वेब सिरिज ‘पाताल लोक’ निकै विवादित बन्यो । नेपाली महिलालाई आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै उक्त सिरिजको विरुद्द मुद्दा दर्ता गरिएको थियो । 

मुद्दा दर्ता भए लगत्तै अनुष्कालाई कानुनी पत्र (लिगल नोटिस) पठाइएको छ । सिरिजमा समावेश गरिएको उक्त दृष्य र संवाद हटाउने माग गर्दै उनलाई कानुनी पत्र पठाइएको हो । 

निःशुल्क कानुनी सल्लाह प्रदान गर्न गठन गरिएको लयर्स गिल्डका सदस्य विरेन श्री गुरुङले अनुष्कालाई उक्त नोटिस पठाएका हुन् ।

उक्त पत्रमा अनुष्काले जवाफ पनि दिनुपर्ने माग गरिएको छ । यदी अनुष्काले जवाफ दिएर माफ नमागे अन्य कानुनी कानुनी लडाई सुरु हुने बताइएको छ । 

‘पताला लोक’ अमाजोन प्राइममा सार्वजनिक गरिएको छ । जसलाई बाहिरी देशमा भने रुचाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि