जेठ १२, २०७७, सोमबार
               

भारतबाट आएकाको पीसीआर परीक्षण सुरु

काठमाडाैं । भारतबाट आएर तनहुँका विभिन्न क्वारेन्टाइनमा बसेकाको पीसीआर परीक्षण सुरु गरिएको छ । 

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण जिल्लास्तरीय समितिले भारतबाट नेपाल आएर जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेकाको  पिसिआर परीक्षण गर्न सुरु गरेको हो । 

सोहीबमोजिम घिरिङ गाउँपालिकाका १६ जना र ऋषिङ गाउँपालिकाका दुई जनाको बिहीबार स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएको समितिका सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । 

बुधबार व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पस र व्यास नगरपालिका–४ स्थित मदर्शा आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका २५ जनाको स्वाब परीक्षण गरिएको थियो । 

उनीहरुको रिपोर्ट नेगेटिभ आइसकेको छ । क्वारेन्टिनमा बस्ने अरुको पनि क्रमशः स्वाब परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसअघि व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिकाका ३९जनाको पीसीआर परीक्षण रिसकिएको छ । 

उनीहरु सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ । भानु नगरपालिकामा ९, व्यास नगरपालिकामा २५, म्याग्दे गाउँपालिकामा तीन, घिरिङ गाउँपालिकामा १५, ऋषिङ गाउँपालिकामा दुई, देवघाट गाउँपालिकामा तीन, बन्दीपुर गाउँपालिकामा तीन र आँबुखैरेनी गाउँपालिकामा दुई गरी हाल ६२ जना क्वारेन्टिनमा छन् । 

जिल्लामा यसअगाडि ६७० को आरडिटी परीक्षण गरिएको छ ।

अपडेटः १७ सेकेन्ड अघि विस्तृतमा हेर्नुहोस्   »

कस्तो लाग्यो ?

यो पनि