बैशाख ०८, २०८१, शनिबार
               

संवादबाटै जमिन फिर्ता लिइन्छ : सञ्चारमन्त्री

नेपाल फ्ल्यास
जेठ ०९, २०७७

ADVERTISEMENT

काठमाडाै‌ं । सरकारले वार्ता र कूटनीतिक प्रयासबाट प्रमाणका आधारमा सीमा समस्याको सहज समाधान गर्ने जनाएको छ । 

मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकको निर्णय सार्वजनिक गर्दै अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले संवादकै आधारमा मित्रराष्ट्रसँग आफ्नो भूमि स्वतः फिर्ता गर्ने अवस्थामा पुर्‍याइने दृढता व्यक्त गरे । 

सरकारले नेपालको नयाँ नक्सा र निशान छाप समेटिने गरी संविधान संशोधनसम्बन्धी विधेयक संघीय संसदमा प्रस्तुत गर्ने निर्णय गरेको शुक्रबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. खतिवडाले जानकारी दिए । 

नेपालको संविधानको अनुसूची ३ सँग सम्बन्धित विषयमा संशोधन गर्न सो निर्णय गरिएको जनाइएको छ । 

सरकारले यही जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो । 

भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुन्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्सा (राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ । 

निशान छापको प्रयोजनका लागि मात्रै संविधान संशोधन गर्न लागिएको सरकारका प्रवक्ता डा. खतिवडाले स्पष्ट पारे । 

मन्त्रिपरिषद्ले केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश २०७७ प्रतिस्थापन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 

पुराना कानुनलाई जगाउने खालको विधेयक हुनेछ ।  सरकारले इस्लाम धर्मावलम्बीको पर्व इदुल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय  पनि गरेको छ । 

इस्लाम धर्मगुरुहरुले उपयुक्त दिन छनोट गरेपछि सोका आधारमा बिदा दिने दिन टुंगो लगाइने जनाइएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि