बैशाख १२, २०८१, बुधबार
               

के सरकारले एकल महिला र अपाङ्गता भएका व्यक्तिको सुरक्षा भत्ता कटौती गर्छ ?

नेपाल फ्ल्यास
जेठ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । सामाजिक सुरक्षा ऐन २०७५ मा रहेकाे त्रुटि  हेरफेर गर्नुपर्ने भन्दै  सरकारले ६० वर्ष मुनिका एकल महिला र अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता रोकेको छ ।

गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागअन्तर्गतको व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणाली ले फेसबुक पेजमा यससम्बन्धी सूचना राखेपछि यसको चौतर्फी विरोध भयो । सामाजिक सञ्जालदेखि एकल महिला र अपाङ्गता भएका व्यक्तिले यसमा आपत्ति जनाए । 

तर सरकारी कदमको चौतर्फी विरोध भइरहेको बेला महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ भने सामािजक सुरक्षा भत्ता सेवा कटौती नभएर थप गर्ने दावी गर्छन् । 

सरकारको तथ्याङ्कअनुसार देशभरि २ लाख व्यक्तिले अपाङ्गता परिचयपत्र लिएका छन् । त्यसमध्ये ५१ हजार ९ सय ४ जना पूर्ण अपाङ्गता भएका व्यक्ति र ९७ हजार जना अतिअशक्त/अपाङ्गता भएका व्यक्तिले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन् । यस्तै एकल महिलाको सङ्ख्या ६ लाखको हाराहारीमा छ । 


कस्तो लाग्यो ?

यो पनि