चैत १६, २०८०, शुक्रबार
               

सीमा विवाद तत्काल अन्तर्राष्ट्रियकरण गर्ने सोचमा सरकार छैन : प्रवक्ता खतिवडा

नेपाल फ्ल्यास
जेठ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल भारत सीमा विवाद बल्झिरहेका बेला नेपाल सरकारका प्रवाक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले नेपाल भारत सीमा विवाद तत्काल अन्तर्राष्ट्रियकरण गर्ने सोचमा सरकार नरहेको जानकारी दिएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकारको जिज्ञासालाई संबोधन गर्दै उनले यस्तो बताएका हुन् । 

‘दुई पक्षीय वार्तामार्फत समस्याको समाधान खोजिनुपर्छ,’ उनले भने, ‘हामीले नक्सा जारी गरेका छौँ । त्योसँग सम्बन्धित विवाद हुने विषय अहिले नै अन्तर्राष्ट्रियकरण गर्नेबारे सोचेका छैनौँ ।’ 

अहिले हामीले मित्र राष्ट्रसँग वार्ता गरेर समाधान खोज्ने बताउँदै उनले कूटनीतिक तबरबाट समाधान नआएको खण्डमा के गर्ने भन्ने कुरा सोच्ने बताए । हाल नेपाल भारत सीमा विवादले तीव्र रुप लिइरहेको छ । 

केही साताअघि भारतले कालापानी क्षेत्रमा सडक उद्घाटन गरेपछि नेपालले बुधबार उक्त क्षेत्र समेटेर आफ्नो नयाँ नक्सा जारी गरेको छ ।

मन्त्री खतिवडाले नयाँ नक्सा कार्यान्वयनका लागि संविधानको अनुसूचीमा रहेको निशान छाप  परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव संसदमा लैजाने निर्णय पनि आजको मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि