बैशाख १३, २०८१, बिहीबार
               

गुल्मी मदानेका कोरोना संक्रमितको शव उठाइयो

नेपाल फ्ल्यास
जेठ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । उपचारका क्रममा मृत्यु भएका गुल्मी मदानेका कोरोना संक्रमितको उठाइएको छ । 

रुपन्देहीको क्रिसन अस्पतालमा बिहीबार बिहान सात बजे मृत घोषणा गरिएका सो शव शुक्रबार नेपाली सेनाको टोलीले उठाएको हो ।

अस्पतालको दुई तलामाथि रहेको आईसीयूकक्षमा पुगेर नेपाली सेनाको चार–पाँच जनाको प्राविधिक टोलीले मृतकको शव निकालेर र्‍यापिङ गरी शव वाहनमा राखेर अस्पतालबाट अन्यत्र लगेको बताइएको छ । 

शव बाहनलाई प्रहरीले स्टर्किङ गरेको थियो । मृत्यु भएको दोस्रो दिनसम्म शव उठ्न नसकेपछि सरकारको आलोचना भएको थियो । 
मृतकका आफन्तले कोरोना पोजेटिभ देखिएपछि अस्पतालले उपचार नगरेको भन्दै बिहीबार बिहान छानबिन हुनुपर्ने माग गरेका थिए ।

जेठ १ गतेदेखि अस्पतालको आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचार गराइरहेका ४१ वर्षका बिरामीलाई बिहीबार बिहान सात बजे मृत घोषणा गरिएको थियो । 

यो पनि