बैशाख ०८, २०८१, शनिबार
               

कोरोना संक्रमण : आयसल्यान्डमा निको हुने ९९ प्रतिशत, सबैभन्दा कम नर्वेमा

नेपाल फ्ल्यास
जेठ ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी निको हुने मुलुक आइसल्यान्ड देखिएको छ । त्यहाँ शतप्रतिशत नजिक निको भएका छन् ।

यो सामग्री तयार पार्दा आइसल्यान्डमा १ हजार ८०३ जना संक्रमित रहेकोमा १ हजार ७९० जना निको भएका छन् । यो ९९ दशमलव २८ प्रतिशत हो । यति बेलासम्ममा विश्वभर निको हुनेको प्रतिशत ४० दशमलव ०६ प्रतिशत रहेको छ ।

आइसल्यान्डपछि न्युजिल्यान्डमा १ हजार ५०४ जना संक्रमितमध्ये ९६ दशमलव ७४ प्रतिशत अर्थात् १ हजार ४५५ जना निको भइसकेका छन् ।

त्यस्तै हङकङमा पनि १ हजार ६४ जना संक्रमित रहेकोमा १ हजार २९ जना अर्थात् ९६ दशमलव ७१ प्रतिशत उपचारपछि ठीक भएका छन् । थाइल्यान्डमा पनि ९५ दशमलव ३९ प्रतिशत निको भएका छन् । त्यहाँ ३ हजार ३७ जना संक्रमित छन् भने २ हजार ८९७ जना ठीक उपचारपछि डिस्चार्ज भएका छन् ।

नेपाल फ्ल्यासले पाँच सयभन्दा माथि संक्रमित भएका १२५ वटा मुलुकको तथ्यांक विश्लेषण गर्दा सबैभन्दा कम निको हुने दर नर्वेमा शून्य दशमलव ३९ प्रतिशत देखिएको हो ।

नर्वेपछि निको हुने दर कम भएको देश इक्वेटेरियल गुनिया हो । त्यहाँ ९०३ जना संक्रमित हुँदा २ दशमलव ४४ प्रतिशत अर्थात् २२ जनामात्र निको भएका छन् । त्यसपछि हाइटीमा ७२१ जना संक्रमितमध्ये २१ जना निको भएका छन् । यो २ दशमलव ८६ प्रतिशत हो ।

त्यसपछि गुयना-बिसाउमा निको हुनेको दर ३ दशमलव ७९ प्रतिशत छ । त्यहाँ १ हजार १०९ जना संक्रमित रहेकोमा ४२ जना निको भएका छन् ।

सर्वाधिक संक्रमित ५० मुलुकको तथ्यांकमा भने कोरोनाको उद्‍गम देश चीनमा निको हुनेको दर सबैभन्दा धेरै छ । ८२ हजार ९७१ जना संक्रमित रहेको चीनमा ९४ दशमलव ३२ प्रतिशत अर्थात् ७८ हजार २५५ जना निको भइसकेका छन् ।

अहिलेसम्म सर्वाधिक मृत्यु र संक्रमण भएको अमेरिकामा २३ दशमलव ५८ प्रतिशत निको भएका छन् । अमेरिका निको हुने दरको आधारमा ४२औँ स्थानमा छ । भारतमा ४१ दशमलव ७ प्रतिशत निको भएका छन् । पछिल्लो दिनमा संक्रमण फैलँदै गएको रुसमा २९ दशमलव १९ प्रतिशत संक्रमित ठीक हुँदा ब्राजिलमा ४० दशमलव ५१ प्रतिशत निको भएर घर फर्किएका छन् ।

बढी संक्रमण भएका ५० देशमा निको हुनेको दर

  देश निको प्रतिशतमा
  विश्वभर ४०.०४
चीन ९४.३२
दक्षिण कोरिया ९१.२०
अस्ट्रिया ९१.१४
स्विट्जरल्यान्ड ९०.९०
जर्मनी ८८.२६
आयरल्यान्ड ८६.३४
डेनमार्क ८६.२४
इजरायल ८२.२६
इरान ७७.७५
१० जापान ७७.१६
११ टर्की ७४.८९
१२ स्पेन ७०.३१
१३ मेक्सिको ६८.२५
१४ चेक गणतन्त्र ६७६९
१५ पनामा ६१७३
१६ रोमानिया ६०१७
१७ इटाली ५९०२
१८ साउदी अरब ५५.३८
१९ डोमिनिक गणतन्त्र ५३.९४
२० क्यानडा ५१.२९
२१ सर्बिया ४९.१८
२२ युएई ४७.४२
२३ बहराइन ४७.३८
२४ दक्षिण अफ्रिका ४६.७७
२५ पोल्यान्ड ४१.९६
२६ चिली ४१.६७
२७ भारत ४१.०७
२८ सिंगापुर ४०.६४
२९ ब्राजिल ४०.५१
३० पेरु ४०.०७
३१ बेलारुस ३६.१३
३२ फ्रान्स ३५.१२
३३ युक्रेन ३१.६०
३४ अर्जेन्टिना ३०.५३
३५ पाकिस्तान २९.४३
३६ रूस २९.१९
३७ इजिप्ट २८.११
३८ कुवेत २७.९७
३९ बेल्जियम २६.६५
४० कोलम्बिया २४.१७
४१ इन्डोनेसिया २४.००
४२ अमेरिका २३.५८
४३ फिलिपिन्स २२.३३
४४ पोर्चुगल २१.५७
४५ बंगलादेश १९.६५
४६ कतार १८.८६
४७ स्विडेन १५.४५
४८ अफगानिस्तान १०.८१
४९ इक्वेडर १०.०७
५० नर्वे ०.३९

 


कस्तो लाग्यो ?

यो पनि