चैत १६, २०८०, शुक्रबार
               

पैसा बाँड्दा श्रीलङ्कामा तीनजनाको मृत्यु

एजेन्सी
जेठ ०९, २०७७

ADVERTISEMENT

एजेन्सी । श्रीलङ्काको राजधानी कोलम्बोमा पैसा बाँड्ने क्रममा भएको भागदौडमा तीनजनाको मृत्यु भएको छ जबकी आठ जना घाइते भएका छन् ।

एक व्यापारीले आफ्नो गोदाममा कोरोना भाइरस महामारीका कारण समस्याको सामना गरिरहेकाहरुलाई पैसा बाँडिरहेका थिए । त्यतिबेला त्यहाँ सयौँ व्यक्ति जम्मा भएका थिए ।

पुलिसका अनुसार ती व्यापारीले आफ्नो योजनाबारे कुनै जानकारी दिएका थिएनन् र आफू खुसी यस्तो गर्न कसैलाई पनि अनुमती थिएन । पैसा बाँड्ने ६ व्यक्तिलाई पक्राउ गरिएको छ ।

केही रिपोर्टका अनुसार व्यापारी मुस्लिम हुन् र रमजानको महिनाको समाप्तिका बेला ईदका लागि दान गरिरहेका थिए । श्रीलङ्कामा कोरोना भाइरसका १ हजार ४५ संक्रमित छन् जबकी हालसम्म ९ जनाको मृत्यु भएको छ । यो सामग्री बीबीसीले प्रकाशन गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि