बैशाख १३, २०८१, बिहीबार
               

चीनले गर्यो कोरोनाको औषधि बनेको दाबी

एजेन्सी
जेठ ०९, २०७७

ADVERTISEMENT

एजेन्सी । चीनले कोरोनाको औषधि बनेको दाबी गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको अक्रान्तमा औषधि फेला नपरिरहेका बेला चिनियाँ वैज्ञानिकहरुले कोरोनाको औषधि पत्ता लगाएको दाबी गरेका हुन् ।

चीनको चर्चित तथा प्रतिष्ठित पेकिङ विश्वविद्यालयका वैज्ञानिकहरुको टीमले उक्त औषधिको परीक्षण गरिरहेको जनाइएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना विरुद्धको भ्याक्सिन बनाउने तयारी संसारका थुप्रै चिकित्सक र कम्पनीहरु जुटिरहेका बेला चीनमा यो टोलीले भ्याक्सिनको सट्टा औषधि नै तयार पार्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । 

पेकिङ विश्वविद्यालयका वैज्ञानिकहरुका अनुसार परीक्षण गरिँदै गरिएको यो औषधिले छोटो अवधिमै भाइरसविरुद्व शरिरमा प्रतिरक्षा कायम गर्ने जनाइएको छ । उनीहरुले यो औषधि अन्य जनावरहरुको शरीरमा परीक्षण गरिरहेका छन् । विश्वविद्यालयका निर्देशक सुन्ने शीले भनेका छन्, ‘जनावरमा परीक्षण गरिएको यस औषधिले निकै छोटो समयमा प्रभाव देखाएको छ । औषधि जनावरमा सफल भएको छ ।’

निर्देशक शीले कोरोना संक्रमित मुसामा औषधिको परीक्षण गरिरहेको बताए । उनले यो औषधि मुसामा प्रयोग गर्दा पाँच दिनमै भाइरस शून्य स्थितिमा देखिएको जानकारी दिए ।

उनका अनुसार उक्त औषधिले कोशिकालाई संक्रमित हुनबाट जोगाउन मानव शरिरमा प्रतिरक्षा प्रणालीद्वारा तयार गरिएको न्यूट्लाइजिङ एन्टीबडीको प्रयोग गर्दछ ।

निर्देशक शीले यस वर्षको अन्त सम्ममा औषधि तयार हुनसक्ने बताएका छन् । उक्त अध्ययन परीक्षणबारे आइतबार साइन्टिफिक जर्नलमा लेखसमेत प्रकाशित भएको छ ।

 चीनबाटै उत्पन्न भएको उक्त कोरोना भाइरसले विश्वभरमा लाखौँ मानिसको मृत्यु भइसकेको छ भने लाखौँ नै भाइरस संक्रमणबाट प्रभावित छन् । अहिलेसम्म यस भाइरसको ओषधि औपचारिक रुपमा पत्ता लाग्न सकेको छैन ।


कस्तो लाग्यो ?

यो पनि