चैत १५, २०८०, बिहीबार
               

११ जना सांसदहरूको आरडिटी रिपोर्ट पोजेटिभ

नेपाल फ्ल्यास
जेठ ०८, २०७७

ADVERTISEMENT

रुपन्देही ।  प्रदेश नं ५  प्रदेशसभाका सदस्यको आज कोरोना परीक्षण गरिएको छ । आरडिटी विधिबाट प्रदेशसभा सदस्य, सुरक्षाकर्मी र कर्मचारी गरी ३९८ जनाको परीक्षण गरिएकामा ११ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठले जानकारी दिए । आरडिटी पोजेटिभ देखिएकाहरुको पिसिआर परीक्षण गरिने बताइएको छ ।

शुक्रबारदेखि प्रदेशसभाको छैटौँ अधिवेशन सुरु हुने भएकाले सुरक्षा सतर्कताका लागि कोरोना परीक्षण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।  प्रदेशसभाको नियमावलीबमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले शुक्रबार अपराह्न १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि