चैत १६, २०८०, शुक्रबार
               

मनिषाको समर्थनमा उत्रिए नेपाली कलाकार

नेपाल फ्ल्यास
जेठ ०८, २०७७

ADVERTISEMENT

नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइराला अहिले विवादित बनिरहेकी छिन् । नेपाल सरकारले सार्वजनिक गरेको नक्साको पक्ष लिएर गरेको ट्विटका कारण उनी विवादित बनेकी हुन् । 

मनिषाले नेपालको पक्ष लिदैँ भारतिय अतिक्रमणमा परेको भूमि फिर्ता गर्न लागेकोमा खुसी व्यक्त गरेकी थिइन् । उक्त ट्विट लगत्तै उनी विवादमा तानिएकी हुन् ।

भारतिय मिडियामा मनिषाको विरुद्धमा तुच्छ शब्द सहितको विभिन्न समचार साम्रागी प्रकाशन तथा प्रशारण भइरहेका छन् । जुन कुराको नेपाली कलाकारहरुले चर्को विरोध गरेका छन् । बलिउड मिडियाले गर्नु नहुने काम गरेको उनीहरुको भनाई छ । 

मनिषाको समर्थनमा बोल्दै नायिका करिश्मा मानन्धरले एक स्टाटस लेखेकी छिन् । उनले मनिषाको कामको तारिफ गरेकी छिन् । 

अभिनेता दीपकराज गिरीले एक भिडियो नै बनाएर भारतिय मिडियामाथि खरो प्रस्तुत भएका छन् । उनले मनिषाको समर्थन गर्दै एक स्टाटस पनि पोष्ट गरेका छन् । 

त्यस्तै, सिताराम कट्टेल 'धुर्मुस' मनिषाले दिएको स्वतन्त्र र सन्तुलित अभिव्यक्तिलाई तोडमोड गरेर केही भारतीय सञ्चार माध्यमले गरेको दुस्प्रचार अर्थहिन भएको बताउँछन् ।

नायिका पूजा शर्माले पनि मनिषाले कसैको गुलामी गरेर बलिउडमा काम नगरेको बताएकी छिन् । पूजाले मनिषाले त्यहाँ आफ्नो क्षमता देखाएर काम गरेको र देशलाई समस्या पर्दा देशको पक्ष लिएको लेखेकी छिन् । 

यी कलाकारसँगै स्वेता खड्का, केकी अधिकारी, पुष्प खड्का, वर्षा राउत, ऋचा शर्मा लगायत पनि मनिषाको पक्षमा आवाज उठाइरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि